वैदेशिक रोजगारीमा रहेका नेपालीले अब इमेलबाटै पुलिस रिपोर्ट पाउने


११ बैशाख २०७५, मंगलवार
police 2

काठमाडौं, ११ बैसाख । विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै प्रहरीले ईमेलबाटै प्रहरी रिपोर्ट बनाउन मिल्ने व्यवस्था गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपानेका अनुसार विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने चारित्रिक रिपोर्ट सहज रुपमा लिन पाउने व्यवस्था मिलाउन ईमेल सेवा विस्तार गरिएको हो ।police 2

उनका अनुसार प्रहरी प्रधान कार्यालयको चालचलन शाखाको ईमेल [email protected] मार्फत आवश्यक कागजातसहित आवेदन दर्ता गरी ईमेलबाटै पुलिस रिपोर्ट प्राप्त हुने हुनेछ ।

यसअघि काठमाडौंमा महानगरीय प्रहरी कार्यालय, रानीपोखरी, महानगरीय प्रहरी परिसर ललितपुर, भक्तपुर, महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज, प्रदेश १ मा प्रदेश प्रहरी कार्यालय, बिराटनगर, प्रदेश ३ मा हेटौंडा, प्रदेश प्रहरी कार्यालय, प्रदेश ४ मा प्रदेश प्रहरी कार्यालय, पोखरा, संघीय प्रहरी ईकाइ कार्यालय, भेरी नेपालगञ्ज र संघीय प्रहरी ईकाइ कार्यालय, सेती धनगढीबाट पुलिस रिपोर्ट प्रदान गरिँदै आएको थियो । काठमाडौंको थप दुई प्रहरी वृत्तबाट पुलिस रिपोर्ट पाउने व्यवस्था मिलाइएको छ । जसमा महानगरीय प्रहरी वृत्त, कालिमाटी र गौशाला छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७