विद्यार्थीमाथि छुरा हानेर भाग्नेलाई गोली हानेर समातियो


११ बैशाख २०७५, मंगलवार
pestol
सांकेतिक तस्वीर

सुनसरी, ११ बैसाख । धरानमा गोली प्रहार गरी फरार अभियुक्तको समूहलाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थीमाथि आक्रमण गर्ने धरान–१५ का कुम्भे भनिने दिपल राई, कुमार लिम्बू र विज्ञान लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिएका छन् ।pestol

सादा पोसाकमा खटिएको प्रहरी हवल्दार भीम दाहाल नेतृत्वको टोलीले चारकोसे जङ्गलबाट उनीहरुलाई पक्राउ गरेको हो । चारकोसे जङ्गलमा लुटेरा खोज्दै गएको प्रहरी टोलीमाथि आक्रमण प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरी पक्राउ गर्न सफल भएको डीएसपी पौडेलले बताए ।

विद्यार्थी आक्रमणमा संलग्न लिम्बे भनिने विकेन लिम्बू भने फरार रहेकाले खोजी भइरहेको पौडेलले बताए । पक्राउ परेका माथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको छ । सोमबार राति कुम्भेको समूहले पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पढ्दै गरेका विद्यार्थी बाग्लुङ घर भएका सुजन खड्का र काभ्रेपलाञ्चोक घर भएका प्रदीप सापकोटालाई छुरा प्रहार गरेका थिए ।

दुवै विद्यार्थी इञ्जिनियरिङ क्याम्पसमा कम्प्यूटर इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् । खड्कालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा राखेर उपचार भइरहेको छ भने सापकोटाको स्थिति सामान्य छ । धरान–१५ विशाल चोकस्थित साथीको डेराबाट नोटबुक लिएर कलेजको छात्रावासतर्फ फर्कँदै गरेका विद्यार्थीमाथि लुटपाट गर्ने उद्देश्यले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७