शुल्क फिर्ताको माग गर्दै विद्यार्थीद्वारा आन्दोलनको घोषणा, यस्ता छन् कार्यक्रम


११ बैशाख २०७५, मंगलवार
school fee

काठमाडौं, ११ बैसाख । संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयमा लागू शुल्क वृद्धि फिर्ता गराउन माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।school fee

अनेरास्ववियुको कार्यालय बागबजारमा आज बसेको बैठकले संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ विपरीत निजी विद्यालयले लिएका शुल्क फिर्ताको माग गर्दै आन्दोलन घोषणा गरेको हो । अनेरास्ववियुका कार्यबाहक अध्यक्ष महेश बर्तौलाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुल्क वृद्धि फिर्ता गराउन दवाव दिन ज्ञापनपत्र बुझाउनेदेखि शिक्षा विभाग घेराउ गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो ।

आगामी बुधबारदेखि थालिने विरोध कार्यक्रममा शिक्षा विभागको घेराउ तथा धर्ना कार्यक्रमसम्मको रहेको बर्तौलाले जानकारी दिए । आगामी बजेटमा शिक्षामा २० प्रतिशत बजेट छुट्याउन, चर्को शुल्क वृद्धि घटाउन, विद्यार्थीलाई प्रमाणपत्रका आधारमा शैक्षिक कर्जा दिने निर्णय लागू गराउन र विद्यालय तहको शिक्षा निःशुल्क बनाउने संवैधानिक प्रावधान कार्यान्वयन गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने अखिल (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

बैठकमा अनेरास्ववियुका कावा अध्यक्ष बर्तौला, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेल र नेपाल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष निरज लवजुलगायतको सहभागिता थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७