बराबरी बेअर्थको अडान हो, सम्मानजनक एकता एमालेले पचाउँछ : महासचिव पोखरेल


११ बैशाख २०७५, मंगलवार
Ishwor Pokhrel.

काठमाडौं, ११ बैसाख । रक्षामन्त्री एवम् एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र माओवादी केन्द्र उम्कन नसक्ने बताएका छन् ।Ishwor Pokhrel.

नेपाल मुस्लिम इत्तेहाद संगठनले आज आयोजना गरेको ‘वर्तमान राष्ट्रिय परिस्थिति र मुस्लिम समुदायको अधिकार’ विषयको विचार गोष्ठी र निर्वा्चित जनप्रतिनिधिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताबारे कुनै अन्योलमा नपर्न आग्रह गरे । मिलाउन पर्ने सबै विषय मिलाएर निकट भविष्यमा औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने उनले बताए ।

‘हामी शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्त र संगठनको संरचनामा आधारित पार्टी हौं । यही आधारमा एकतामा जानुपर्छ । एकताबाट भागेर कहाँ जाने ?’ उनले भने, ‘बराबरी होइन, सम्मानजनक समझदारीमा जे आउँछ त्यो एमालेले मजाले पचाउँछ ।’ विभिन्न पर्व बिदाबारे स्पष्ट पार्दै उनले भने–‘सबै धर्म र समुदायको आस्थालाई सम्मान गर्दै सरकारले आवश्यक प्रबन्ध गर्नेछ ।

जाति र धर्म विशेषलाई दबाउने काम हुने छैन । सम्बन्धित समुदायलाई बिदा दिइएको समयमा कुनै राष्ट्रिय काम वा लोकसेवा आयोगको परीक्षाजस्ता अवसरहरु जुधेमा त्यसलाई सरकारले व्यवस्थापन गर्ने पनि उनले स्पष्ट पारे । मुस्लिम समुदायलाई संगठित गर्ने र अधिकार दिलाउने काममा एमाले जति अरु दलले अगुवाइ नगरेको जिकिर पनि उनले गरे । संगठनले आफ्नो समुदायको बिदा कटौती नगर्न र मुस्लिम समुदायको अधिकार स्थापित गर्न आवाज उठाउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७