यी भारतीय अर्बपति जसको किचनमा नेपाली खाना पाक्छ


११ बैशाख २०७५, मंगलवार
mukesh ambani
Mukesh D. Ambani, chairman of Reliance Industries Ltd., attends the Ajay Mushran Memorial Lecture in New Delhi, India, on Sunday, July 10, 2011.Photographer: Pankaj Nangia/Bloomberg *** Local Caption *** Mukesh D. Ambani

काठमाडौं ११ वैशाख: भारतीय मुलुकका सफल व्यवसायी हुन् मुकेश अम्बानी अर्थात् धिरुभाइ अम्बानीका सुपुत्र । उनी भारतीय मुलुकको धनाढ्य व्यक्ति हुन् । उनी भारतीय मूलकका अर्बपतिको शीर्ष स्थानमा पर्छन् । सबैको चासोको विषयनै हुन्छ धनाड्यहरुको जीवन शैली कस्तो हुन्छ । तर, अम्बानीको भने साधारण जीवन शैलीको कारण बारम्बार चर्चामा छाइरहन्छ । कारण हो उनले खाने खाना सामान्य हुन्छ । उनलाई नेपाली खाना पनि मन पर्ने आइटम हो । त्यसैले उनले किचनामा नेपाली राखेका छन् ।

mukesh ambani
मुकेश अम्बानी

आज हामीले यहाँ अर्बपचि मुकेश अम्बानीको बारेमा भारतीय सञ्चारमाध्यकहरुले उल्लेख गरेको जीवन शैलीको बारेमा चर्चा गरेका छौँ ।

अम्बानी सधैँ बिहान ५ बजे नै उठिसकेका हुन्छन् । त्यसपछि उनी घरैकै जिम हाउसबाट सुरु गर्छन् दैनिकी । बिहान ६ बजेसम्म मुकेश जिम पुगिसक्छन् । जिमपछि उनी फ्रेस हुन्छन् । उनको परिवारका सबै सदस्यलाई छुट्टै जिम हल छन् ।
उनको चाहिँ दोस्रो तलामा छ । त्यहाँ नै उनका लागि स्विमिङ पुल पनि छ । जिमपछि नियमित स्विमिङ गर्छन् । उनले बारम्बार बताउँदै आएका छन् आफ्नो सफलताको कडी स्वास्थ्य भएको । त्यसपछिको समय उनी पत्रपत्रिकालाई दिन्छन् । उनी भारतको मात्रै होइन, विश्वकै राजनीतिलाई नजिकबाट अध्ययन गर्छन् । त्यसमा उनलाई निकै चासो पनि छ ।

पत्रपत्रिका र जिमलाई डेढ घण्टा समय दिएपछि सुरु हुन्छ, अम्बानीको ब्रेकफास्ट । १९ औँ तलामा ब्रेकफास्ट लिन पुग्छन् । ब्रेकफास्टमा जुस, दाल, रोटी, दही जस्ता हलुका खाना खान मनपराउँछन् उनी । एक घण्टा ब्रेकफास्टमा बिताएपछि उनी अफिसका लागि तयार हुन्छन् । अम्बानीको फेभरेट ड्रेस सेतो सर्ट र डार्क प्यान्ट हो । उनी १४ औँ तलामा अफिसका लागि रेडी हुन्छन् र २१ औँ तलाको अफिसमा पुग्छन् । त्यो उनको पर्सनल अफिस हो । त्यहाँ उनले दिनभरका लागि चाहिने कागजपत्र राखेका हुन्छन् ।

१० बजे आमाको आर्शिवाद लिएर उनी श्रीमतीलाई भेट्न १६ औँ तलामा पुग्छन् । त्यहाँबाट १३ औँ तलामा छोराछोरीलाई भेटेपछि उनी अफिस जान तेस्रो तलाको पार्किङमा झर्छन् । उनको पार्किङमा दर्जनौँ गाडी हुन्छन् । तर, उनको प्राथमिकता चाहिँ २ करोड पर्ने मर्सिडिज हो । उनी त्यो मर्सिडिज लिएर कहिले ड्राइभरसँग त कहिले एक्लै अफिस हिँड्छन् ।

बिहान ११ बजेदेखि राती १० बजेसम्म मुकेश अफिसलाई समय दिन्छन् । अफिस पुग्दा उनको दिनभरको कामको चेकलिस्ट तयार भइसकेको हुन्छ । त्यसपछि उनी त्यही काममा लाग्छन् । हरेक सोमबार उनी आफ्नो चेकलिस्टलाई एक पटक हेरेरै छाड्छन् । रमाइलो चाहिँ मुकेशलाई अफिसका कर्मचारी सबैको नाम राम्रोसँग याद छ ।
राती १० बजे अफिसबाट निस्किएपछि उनी १५ औँ तलामा ड्रेस चेन्ज गर्छन् । त्यसपछिको दुई घण्टा उनको डिनर टाइम हो । १९ औँ तलामा डिनर गरेपछि उनले परिवारलाई समय दिन्छन् ।

डिनरमा मुकेशलाई रोटी, तरकारी, दाल, भात तथा सलाद बनेका हुन्छन् । साताको एक दिन मुकेशलाई साउथ इन्डियन खाना खान मन पर्छ । गुजराती खाना पनि उनको प्राथमिकतामा पर्छ । मुकेशको भान्सामा खाना बनाउने व्यक्ति चाहिँ नेपाली हुन् । उनलाई नेपाली खाना मन पर्ने भएका किचनमा नेपालीहरूलाई नै राखेका छन् ।

मुम्बई विश्वविद्यालयबाट इन्जिनियरिङमा बिएससी गरेका मुकेशले अहिले प्रति सेकेन्ड ४८०० नेपाली रुपैयाँ कमाउँछन् । आश्चर्य लाग्न सक्ने कुरा के भने मुकेशले भारतीय फिल्म हेर्न छुटाउँदैनन् । उनी बलिउड फिल्मका क्रेजी फ्यान हुन् ।
उनले बनाएको २७ तले घर विश्वकै महँगा आवासीय घरहरूमा पर्छ । सन् २०१० मा एक खर्ब ५ अर्बमा ७ वर्ष लगाएर बनाएको यो घरमा काम गर्ने मानिसहरू मात्रै ६ सय जना छन् । अहिले भारतीय टिभी च्यानलहरू हेर्ने वा इन्डियन प्रिमियर लिग हेर्ने सबैले सुनेको हुनुपर्छ– जियो । अहिले भारतीय टेलिकमुनिकेसन अफिस जियोका मालिक हुन् मुकेश अम्बानी ।

रिलायन्स इन्ड्रस्ट्रिजको सफलतासँगै मुकेशले सुरु गरे जियो । मुकेशले सुरु गरेको जियोले छोटो समयमा नै कति सफलता पाएको छ भने यसका प्रयोगकर्ता भारतमा १८ करोड पुगिसकेका छन् । फच्र्युन म्यागेजिनले टप फिफ्टी लिडरको सुचीमा मुकेशलाई पनि समावेश गरेको छ । सन् १९५७ मा जन्मिएका मुकेशको जन्मदिनमा नै २०१६ अप्रिल १९ मा जियोको सुरुवात गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७