आईएमई जनरल इन्स्योरेन्स र नेपाल मेडिसिटी अस्पतालबीच सेवा सम्झौता


१३ बैशाख २०७५, बिहीबार
1524722670

काठमाडौं, १३ बैसाख । आईएमई जनरल इन्स्योरेन्स र नेपाल मेडिसिटी अस्पतालबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

1524722670
सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ । तस्विर सौजन्य : आईएमई जनरल इन्स्योरेन्स

उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे । यस सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरूको बिमालेखको सीमासम्म नेपाल मेडिसिटी हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसन सेवा प्राप्त हुनेछ ।

सोही अवसरमा नेपाल मेडिसिटी हस्पिटलले आफ्ना ग्राहकहरूलाई आईएमई जनरल इन्स्योरेन्ससँग आईजीआई औषधि उपचार बिमालेख खरिद गरी अस्पतालसँग बिमा लेखको सीमासम्म नगदरहित हस्पिटलाइजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरूलाई औपधि उपचारलगायत आवश्यक सबै प्रकारका निर्जीवन बिमा सेवा आईएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरे ।

सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नेपाल मेडिसिटी हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहकलाई बिमा लेखमा तोकिएको सिमासम्मसुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी सम्झौता गरेकोमा अस्पतालको सञ्चालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७