धनकुटा समृद्धिका लागि यस्तो छ, राजेन्द्र राईको योजना र सपना


३ कार्तिक २०७४, शुक्रबार

नेकपा (एमाले) धनकुटाका अध्यक्ष राजेन्द्र राई आगमी निर्वाचनमा प्रतिनिधिसभाको लागि बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्ने निश्चित जस्तै छ । राईलाई एमालेले सर्बसम्मत रुपमा उम्मेदवारको सिफारिस गरेको छ । ‘स्थानीय तह निर्वाचन, २०७४ मा धनकुटामा एमालेले क्लिन स्वीप गरेको थियो । २४ असार २०७४ मा धनकुटामा आयोजित विजय सभामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष राईलाई एमालेको ‘म्यान अफ इलेक्सन’ पनि घोषणा गरेका थिए ।rajendra rai

धनकुटा सदरमुकामदेखि करिब पाँच घन्टाको पैदलयात्रापछि पुगिन्छ, मुगा गाविस । त्यही मुगा गाउँमा ०२२ साल भदौ २९ गते जन्मिए । जतिबेला प्राथमिकस्तरको शिक्षा मुगाकै सरस्वती प्राथमिक विद्यालयमा लिदै थिए त्यतिबेला पञ्चायती शासनको जवानी सुरु हुँदै थियो । त्यसको दबदबा पूर्वमा सबैभन्दा बढी उनकै गाउँ मुगामा थियो । किनभने, तत्कालीन पञ्चायती प्रधानमन्त्री सूर्यबहादुर थापाको जन्मथलो पनि मुगा नै थियो । ‘मुगाली थापा’हरूको प्रभाव र दबाबले त्यतिबेलाका धेरै युवाहरू पञ्चायतको पक्षमा थिए । तर, उनलाई भने कहिल्यै त्यस्तो मोह जागेन । देशमै सूर्यबहादुरको जगजगी थियो । झनैं उनको जन्मथलो मुगामा कस्तो जगजगी थियो ? सबैले अनुमान गर्न सक्छन् । । ‘मुगाली थापा’हरूको आगनमा बसेर कम्युनिष्ट सजिलो थिएन । हो, त्यही अप्ठ्यारोमा कम्युनिष्ट बनेका मान्छे हुन् राजेन्द्र राई ।

०३६ सालमा अखिलका कान्छो प्रतिनिधि
प्रथामिक शिक्षा मुगामा नै भयो । माध्यमिक स्तरको पढाइका लागि भने उनी धनकुटा सदरमुकामस्थित माथिल्लो गोकुडेश्वर माविमा भर्ना भए । गोकुण्डेश्वर माविमा अनेरास्वावियुको प्रभाव थियो । पढाइसँगै अनेरास्ववियुमा सङ्गठित भए । अखिलमै किन त ? ‘म १३÷१४ वर्षका उमेरमै सङ्गठित भएँ, त्यतिबेला हामी नेता बन्नभन्दा पनि व्यवस्था परिर्वतनका लागि लागेका थियौं,’ उहाँ सम्झिन्नुहुन्छ, ‘कम्युनिस्ट व्यवस्था भए सबैलाई खाना, नाना र छानाको व्यवस्था हुन्छ, तर त्यो व्यवस्थाको कुरा गर्नसमेत अहिले प्रतिबन्ध छ, अहिलेको राजाको शासनले दिँदैन त्यसका निम्ति हामीहरू लड्नुपर्छ, मैले यसरी बुझेको थिएँ ।’

०३६ सालमा काठमाडाैंको चावहिलमा अनेरास्ववियुको एकताको पाँचौ राष्ट्रिय सम्मेलनमा राई देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधिका रूपमा सहभागी भए । त्यतिबेला आठ कक्षामा मात्रै पढ्दै थिए । भन्छन्, ‘चाबहिलमा भएको अखिलको पाँचौं एकता सम्मेलनमा म ‘कान्छो प्रतिनिधि भए पनि मैले सक्रियताका साथ सम्मेलनमा भाग लिएको थिएँ ।’

जतिबेला उनी  स्कुल तहमा बसेर अखिलको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो, त्यतिबेला धनकुटामा मूलतः दुईखाले परिस्थितिको प्रभाव थियो । पहिलो, पञ्चायती शासकको जवानीको काल । सबै युवाहरू प्रशासनका निगरानी हुन्थ्यो । कतिबेला जेलमा लगेर कसलाई यातना दिइने हो भन्ने कुनै टुङ्गो हुँदैनथ्यो । दोस्रो, अधिकांश आदिवासी जनजाति युवाको पहिलो सपना ‘लाहुर’ जाने हुन्थ्यो । अलि खाइलाग्दा युवाहरूले सकेसम्म बेलायती सेना जान प्रयत्न गर्दथे, नसके भारतीय सेनामा । राईका बुबा तेजबहादुर राई पनि बेलायती सेनाका थिए । तर, उनलाई भने लाहुर जाने रहर कहिल्यै जागेन । अधिकांश युवाहरू मुलुक बदल्ने अभियानबाट अलग्गिएर गल्लावालाको पछि लागिहँदा उनी भने पञ्चायती शासनका विरुद्ध युवाहरूलाई सङ्गठित गर्ने अभियानमा लागे । ‘अर्काका लागि होइन, आङ्खनै लागि लड्नुपर्छ भन्नेमा म सानैदेखि दृढ थिएँ,’ उनले भने, ‘मलाई त लाहुर जाने कुनै रहर जागेन बरु लाहुर जान तम्सिएका धेरै युवाहरूलाई आन्दोलनमा लगाएँ ।’

राईले ०४२ सालमा माथिल्लो गोकुण्डेश्वरबाट एसएससी दिएलगत्तै पूर्णकालीनरूपमा पार्टीमा काम गर्न थाले । उनी धनकुटामा शिक्षकको आन्दोलनमा विद्यार्थी नेताको हैसियतमा सक्रिय सहभागी भए । धनकुटा बन्दका क्रममा उनी गिरफ्तारमा परे । त्यसपछि ४१ दिन हिरासतमा राखेर राजकाज मुद्दा लगाइयो । त्यस घटनामा उनलाई मात्रै थुनिएको थियो । फुच्चे भए पनि आन्दोलनमा कुशल तरिकाले जनपरिचालन गर्नसक्ने भएकाले उनलाई पञ्चायती शासकले तारो बनाएका थिए । यसपछि राईलाई राजकाज मुद्दामा विराटनगर जेलमा लगेर २४ महिना थुनियो । जेलमा पनि उनी सबैभन्दा कान्छो राजनीतिक बन्दी थिए ।

२४ महिना लामो र कष्टकर जेल बसाइपछि रिहा भएर राई धनकुटा फर्किए । त्यसलगत्तै अनेरास्वावियु धनकुटाको उपाध्यक्ष भएर सङ्गठन निर्माणमा लागे । करिब एक वर्षजति सङ्गठन निर्माण गरेर राई उच्चशिक्षा र राजनीतिका लागि विराटनगरस्थित जनता ल क्याम्पसमा भए । विराटगरमा अखिलको नगर कमिटी सचिव भएर आन्दोलनमा लागे । ०४६ सालको जनआन्दोलनको तयारीमा विद्यार्थी मोर्चाबाट उनी सक्रिय रहे रह्यो । तर, उनी आन्दोलनमा सहभागी हुन भने पाउनुभएन । जनआन्दोलनको पूर्वसन्ध्यामा खर्च लिन घर धनकुटा मुगा पुगेका बेला उनलाई धनकुटाको पाख्रिबासमा ०४६ माघ १६ गते प्रहरीले पक्रेर फेरि धनकुटा जेलमा थुन्यो । त्यसपछि प्रजातन्त्र पुनःस्थापना भएको भोलिपल्ट चैत २७ मात्रै जेलबाट छाडियो । जनआन्दोलनको सफलतालगत्तै उनले अनेरास्ववियु धनकुटाको अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्य रहेर राजनीतिमा पूर्ण कालिन बने । प्रजातन्त्र पुनःस्थापनापछि धनकुटामा पार्टीको सङ्गठन निर्माण त्यति सहज थिएन । सूर्यबहादुर थापाको गृहजिल्ला भएकाले थापाको दबदबा उस्तै रह्यो । ‘जनआन्दोलनको सफलतापछि पार्टी निर्माण अन्यन्त चुनौतीपूर्ण थियो, पैसा, पद र अनेकौं तिकडमविरुद्ध केवल विचार मात्रै लिएर जाँदा निकै चुनौतीपूर्ण हुन्थ्यो,’ उनले भने, ‘तर सारा अवरोधका बीच पनि हामीले विचार स्थापित गरिछाड्यौं ।’

अखिलको अध्यक्षपछि उनले तत्कालीन प्ररायुसङ्घको अध्यक्ष भएर युवाहरूलाई सङ्गठित गर्ने अभियान सुरु गरे । उनले जुन सङ्गठनको नेतृत्व गर्नुभयोे, त्यसलाई सधै सबैरूपले अब्बल बनाएर मात्रै छाडे । अखिलमा उनले सङ्गठित गर्नुभएका अधिकांश विद्यार्थी नेताहरू अहिले पार्टीको राम्रो तहमा पुगेका छन् । उनी ०४९ मा जिविसको निर्वाचित सदस्य र ०५१ मा जिविस उपसभापति हुनुभयो । त्यसपछि पार्टीको सचिवालय सदस्य हुदै किसान महासङ्घको केन्द्रीय सदस्य र राष्ट्रिय कफी तथा चिया विकास बोर्डको उपाध्यक्ष जिम्मेवारी पनि सम्हाल्ले । ०६२÷६३ को जनक्रान्तिमा जनपरिचालन गर्न पनि उनको सक्रिय सहभागिता रह्यो । आन्दोलनमा पार्टीको तर्फबाट कमाण्डर थिए । ०६६ असारमा भएको जिल्ला अधिवेशनबाट उनी धनकुटाको निर्वाचित जिल्ला अध्यक्ष भए । उनी हाल दोस्रो कार्यकालको रुपमा अध्यक्षको जिम्मेवारीमा छन् ।

यसरी सम्भव भयो यसपालीको जीत
पूर्वमा एमालेको लालकिल्ला मानिएका धेरै जिल्लाहरुमा एमालेले सन्तोषजनक नजिता निकाल्न सकेन । बरु चुनौती मानिएको धनकुटा एमालेको लाल किल्ला भयो । कसरी सम्भव भयो त ? ‘पहिलो आधार पार्टीले लिएको सही नीति नै, त्यो नीतिलाई हामीले व्यबस्थित संगठनको जगमा सबै जनताको बिचमा लैजान सफल भयौं’ अध्यक्ष राई भन्छन्, ‘दोस्रो, हामीले सही व्यबस्थापन गरेर जनतामा जागरण पैदा गर्यौं ।’  स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको बिषयमा पूर्वमा निकै विवाद सृजना भयो । तर, धनकुटामा अधिकांस स्थानमा सर्बसम्मत रुपमा उम्मेदवार छनोट भयो । नेतृत्वको हिसाबले यो वा त्यो समुह, यो वा त्यो नजिक कुनै उनले केही पनि हेरेनन् । भन्छन्,‘पार्टीप्रति बफदार, सक्षम र जनताको बिचमा लोकप्रियहरुलाई टिकट दियौं । पार्टीलाई एक नम्बर बनाउने बाहेक हामीले अरु केही हेरेनौं ।’

लामो दौडको घोडा
उनीभन्दा धेरै पछिका नेताहरु पनि पार्टी केन्द्रीय समितिमा पुगेका छन् । तर, उनी जिल्ला अध्यक्षकै भुमिकामा छन् । किन त ? ‘जहाँ जुन जिम्मेवारीमा छु, त्यसलाई कुशलातपूर्वक सम्हाल्नुपर्छ भन्ने मेरो मान्यता छ’ भन्छन्,‘हामी जो जहाँ छौं, त्यहाँ पार्टीलाई एक नम्बर बनायौं भने एमाले बलियो हुन्छ ।’ अशोक राईहरु पार्टी छोडेर जार्दै गर्दा एमाले बचाउँ अभियानका कमाण्डर पनि उनै थिए । तर, उनी त्यतिबेला उतिधेरै मिडियामा देखिएनन् । त्यसबेलाका सबैजसो जिल्ला अध्यक्ष केन्द्रीय समितिमा छन् । त्यसो त उनी पनि एमालेको गएको महाधिवेशनमा केन्द्रीय सदस्यका आंकाक्षी थिए ।

पार्टी भित्रको गुट उपगुट आदिको कारण उनी पछि परे । तर, उनलाई कति पनि गुनासो छैन । भन्छन्,‘जहाँ भए पनि पार्टीको इमानदार सिपाहीको रुपमा काम गर्ने हो ।’ पार्टीलाई संकट पर्दा सधैं सतिशाल झै खडा भएका राजेन्द्र राई लामो दौडको घोडा हुन् । धनकुटमा उनकै नेतृत्वमा दुई नगरपालिका सहित सबै सात स्थानीय तह जितेर एमालेले क्लिन स्वीप गरेको छ । अध्यक्ष राई एमाले र माओवादी केन्द्रको गठबन्धनसँगै थप उत्साही बनेका छन् । गठबन्धन मात्रै होइन पार्टी एकीकरण गरेर जनताको सपना पुरा गर्नुपर्ने उनको भनाई छ । हामीले यो संवादमा धनकुटा जिल्लाको लागि उनको योजना र सपनाको बिषयमा संवाद गरेका छौं :

हेर्नुहोस् भिडियो :-

 

 

 

 

 

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७