’कहीँ कतै’को गीत रिलिज (भिडियो)


१४ बैशाख २०७५, शुक्रबार
kaikatai

काठमाडाैं, १४ बैशाख । चलचित्र ‘कहीँ कतै’को  गीत सार्वजनिक भएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।  यसअघि ’झ्वाँईय झान’ बोलको गीत भारतमा रिलिज भएकाे थियाे । kaikatai

सचिन सिंहको सङ्गीत रहेको गीतमा सचिन र श्रृजना सिलालको स्वर रहेको छ  । भने गौरव अर्पणका शब्द रहेका छन् ।

भिडियाेमा कोरियोग्राफर कविराज गहतराज हुन् । चलचित्रका अन्य गीतमा कमल राईको कोरियोग्राफी रहेको छ । बिहीबार आयोजना गरिएको कार्यक्रममा चलचित्रका प्रमुख कलाकारहरू शिवानी गिरी र सोनम बरफुङ्गपाको उपस्थिति थियो । यी दुवै कलाकार यही चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् ।

सिक्किम स्थायी घर भएकी नव-नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् ।

चलचित्रमा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा ’बेबी’ गिरीको पनि प्रमुख अभिनय रहेको छ । चलचित्रलाई शबिर श्रेष्ठले लेखन–निर्देशन गरेका हुन् ।

चलचित्र श्रावण २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७