कोरियाली प्रायद्वीपको इतिहासमा दुर्लभ दिन, हेर्नुहोस् विश्वलाई रोमाञ्चित पारेका तस्बिरहरु


१४ बैशाख २०७५, शुक्रबार
North and South Korean leaders hold historic summit 8

काठमाडौँ, १४ वैशाख : कोरियाली प्रायद्वीपका लागि शुक्रबार एक ऐतिहासिक दिन बन्यो। वर्षौँसम्म उच्च सैन्य तनावको सामना गरिरहेका दुवै देशका सर्वोच्च नेताले सीमावर्ती गाउँ पान्मुन्जोममा एक संयुक्त घोषणामा हस्ताक्षर गर्दै कोरियामा शान्ति र समृद्धियुक्त भविष्यको परिकल्पना गरे । दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ अन तथा दक्षिणका राष्ट्रपति मून जेइनले कोरियाली प्रायस्द्वीपलाई परमाणु अस्त्र मुक्त पार्न काम गर्ने वाचा गरेका छन् ।

सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने एक शान्ति सन्धि यसै वर्ष गरिसक्ने सहमति पनि दुई नेताले गरेका छन् । दुई नेताको भेटले उत्तर र दक्षिण कोरियामा शान्तिको संचार भएको छ। दुई नेताले हस्ताक्षर गरेको घोषणापत्रमा अब कोरियाली प्रायदिपमा कुनै प्रकारको युद्ध नहुने घोषणा गरिएको छ। उनीहरुले शान्तिको नयाँ युग सुरु भएको बताएका छन्। वार्ता पछि दुवै नेताले सम्वोधन गरेका छन् । वार्ता पछि भएको ऐतिहासिक हस्ताक्षरलाई ’पान्मुन्जोम घोषणा’ को संज्ञा दिइएको छ । आणविक निशस्त्रीकरणका लागि दुवै पक्षले प्रायस गर्ने संयुक्त घोषणामा उल्लेख छ। दुई देश एक अर्का प्रति लड्नु पर्ने कारण नभएको समेत उनीहरुले बताए ।

दुई देशमा रहेका परिवारबीच मिलन गराउने सम्झौतामा उल्लेख छ। यस्तै दुवै देशलाई आधुनीक रेल यातायात सुविधाले जोड्ने प्रतिवद्धता जनाइएको छ। यसै वर्ष हुने एसियन गेममा दुवै देश मिलेर खेल्ने जनाइएको छ ।

दुबै देशले उत्तर कोरियको गैसंगमा एक साझा कार्यालय खोल्ने घोषणा गरेका छन्। सागै दक्षिण कोरियाली नेता मून जे इनलेले यसै वर्षको अन्तिमा उत्तर कोरियाको भ्रमण समेत गर्ने छन्।

के के भयो दिनभर ?
उहाँहरुका बीचमा दक्षिण कोरियाको पान्मुन्जोममा रहेको पिस हाउसमा शुक्रबार बिहानै झण्डै डेढ घण्टा वार्ता भएको थियो ।
सन् १९५० देखि ५३ सम्म भएको कोरिया युद्धपछि विभाजित भएको दुई कोरियाको सीमा क्षेत्रमा वार्ता भएको हो ।
औपचारिक वार्ता अगाडी किमलाई मुनले सैन्य प्रदर्शनी अगाडी अभिवादनसहित भव्य स्वागत गर्नु गरे । उनीहरुको ऐतिहासिक शिखर बैठक अन्तर्गत पहिलो चरणको वार्ता सम्पन्न भएपछि खानाको समय छुट्याइएको थियो । खाना खाएपछि फेरि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलो पटक उत्तर कोरियाका नेता दक्षिण कोरिया जानु भएको हो । स्थानीय समयानुसार शुक्रबार विहान ९ ः ३० बजेतिर दक्षिण कोरियाली भूमिमा उत्तर कोरियाली नेता किम पुग्नु भएको थियो ।
बैठकस्थलमा प्रवेश गरेपछि आगन्तुक पुस्तिकामा उनले “शान्तिपूर्ण युगको प्रारम्भको विन्दुमा एउटा नयाँ इतिहास शुरू भएको छ” भनेर लेखेका थिए । दुई कोरियाका नेताको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम बीच पनि भेटवार्ता हुने कार्यक्रम रहेको छ । अहिलेको शिखर बैठकले नै ट्रम्प र किमको शिखर बैठक के कस्तो हुनेछ भन्ने संकेत गर्नेछ ।
ट्रम्प र किमको शिखर बैठक अगाडी दक्षिण कोरियाका नेता मुनले ट्रम्पलाई भेटेर दुई कोरियाको शिखर बैठकका बारेमा बताउदै ट्रम्प–किम वार्ताकोलागि सहजीकरण गरिदिनुहुनेछ ।
ट्रम्प र किमको भेटवार्ता हुनु भन्दा अगाडी मे महिनाको मध्य तिर मुनले ट्रम्पलाई भेट्ने तयारी गर्नु भएको समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसका एक जना उच्च अधिकारीले नाम नबताउने सर्तमा दिएको जानकारीअनुसार मुनको अमेरिका भ्रमण निश्चित भएपनि मिति भने एकिन भइसकेको छैन ।
ट्रम्प र किमको भेटवार्ता मे महिनाको अन्त्य तिर वा जुन महिनाको सुरुतिर हुन सक्ने बताइएको छ ।

फोटो फिचर :-

 

North and South Korean leaders hold historic summit 1

North and South Korean leaders hold historic summit 2

North and South Korean leaders hold historic summit 3

North and South Korean leaders hold historic summit 4

North and South Korean leaders hold historic summit 5

North and South Korean leaders hold historic summit 6

North and South Korean leaders hold historic summit 7

North and South Korean leaders hold historic summit 8

North and South Korean leaders hold historic summit 9

North and South Korean leaders hold historic summit 10

North and South Korean leaders hold historic summit 11

North and South Korean leaders hold historic summit 12

North and South Korean leaders hold historic summit 13

North and South Korean leaders hold historic summit 14

North and South Korean leaders hold historic summit 15

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७