गोर्खाहरू माथिको अन्याय राष्ट्र कै समस्या : सभामुख महरा


१६ बैशाख २०७५, आईतवार
Krishna bahadur mahara and Gaeso12

काठमाडौँ, १६ वैशाख । संघीय संसद् प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले गोर्खा भूतपूर्व सैनिकहरू माथि बेलायतले गरेको अन्याय राष्ट्रकै समस्या भएको बताएका छन् ।

Krishna bahadur mahara and Gaeso1प्राविधिक समितीले तयार गरेको प्रतिवेदन सभामुख कृष्ण बहादुर महरालाई बुझाउँदै गेसोका सभापति कृष्ण कुमार राई ।

गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो)को टोलीसँग शनिवार भएको भेटर्वार्तामा महराले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरू माथि गरिरहेको अन्याय गोर्खाहरूको मात्र समस्या नभई राष्ट्रकै समस्याको रूपमा लिएको बताएका हुन् ।

बेलायत सरकारले गोर्खाहरू मागि गरेको अन्यायबिरुद्ध गोर्खाहरूको समान अधिकारका लागि लडिरहेको संस्था गेसोको टोलीसँगको भेटवार्तामा उनले गोर्खाहरूको समस्या समाधान गर्न सरकारले गम्भिरता पूर्वक लिनु पर्ने बताए । ‘गोर्खा सैनिकहरूको समस्या गोर्खाहरू मात्र नभई राष्ट्रकै समस्या हो, यसलाई समाधानको लागि सरकारले गम्भीरताका साथ लिनुपर्छ ।’

उनले आफू परराष्ट्र मन्त्री भएको बेला गोर्खाहरूको समस्या समाधान गर्न सशक्त रूपमा कुरा उठाएको बताउँदै अझै पनि आफ्नो ठाउँबाट सक्दो पहल गर्न टोलीलाई प्रतिबद्धता व्यक्त गरे ।
उनले नेपालका लागि बेलायती राजदूत रिर्चाड मोरिससँग शुक्रवार भेटवार्ता भएको बताउँदै भेटमा गोर्खाहरूको समस्या समाधानको विषयमा कुरा भएको समेत बताए । उनले भने,‘मेरो हिजै मात्र राजदूत रिर्चाड मोरिससँग भेटर्वार्ता भएको थियो, उनीसँग गेसाेले उठाएको विषयमा कुरा भएको थियो, समाधानका लागि सकारात्मक पाए ।’

गेसोको सभापति कृष्ण कुमार राईको नेतृत्वमा सभामुख महरालाई उनकै निवासमा भेट् पुगेको टोलीले गोर्खा सैनिकहरू माथिको विभेद समाधानका लागि गठन भएको प्राविधिक वार्ता समितिको बारे जानकारी गराएका थिए । उक्त वार्ता समितिले समस्या समाधानका लागि तयार पारेको प्रतिवेदन नेपाल र बेलायत सरकारलाई बुझाएको समेत जानकारी गराउँदै नेपाल सरकारलाई छिटो भन्दा छिटो समिति गठन गर्न आवश्यक पहल र सहयोग गरिदिन अनुरोध गरे ।Krishna bahadur mahara and Gaeso12 सभामुख कृष्ण बहादुर महरासँग गेसको टोली ।

टोलीले प्राविधिक समितिले तयार गरेको प्रतिवेदन समेत सभामुख महरालाई हस्तान्तरण गरे । गेसोको टोलीमा सभापति राईसँगै, उपसभापतिद्धय मणि किरात बान्तावा, डम्बर बहादुर लिम्बु, महासचिव दशरथ राई, कोषाध्यक्ष देवीमाया पुन, जसबहादुर गुरुङ, वीरध्वज राई, सुनिता गुरुङ, पूर्ण कुमार गुरुङ, पदम देवी गुरुङ, कमला गुरुङ, र सजिन राई लगायत समावेश थिए ।

यसअघि गेसोले प्राविधिक वार्ता समितिले तयार गरेको प्रतिवेदन बुझाउँदै उपराष्ट्रपति नन्द किशोर पुन पासाङ, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली,माओवादी नेता नारायण काजी श्रेष्ठ लगायतका नेताहरूलाई भेटेर नेपालको तर्फबाट वार्ता समिति चाँडो गठन गरी दिन माग गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७