फोर्ड ‘फ्रिस्टाइल’ नेपाली बजारमा, २९ लाख ९९ हजार सुरुवाती मूल्य


१८ बैशाख २०७५, मंगलवार
goford

ललितपुर, १८ बैशाख । फोर्ड मोर्टसको नयाँ उत्पादन क्रस ह्याचब्याक फ्रिस्टाइल नेपाली बजारमा सार्वजनिक भएको छ । फोर्डको नेपालको लागि आधिकारीक बिक्रेता गो फोर्डले मंगलबार कार सार्वजनिक गरेको हो । gofordसार्वजनिक गरिएकाे कार ।

फोर्डले सार्वजनिक गरेको फोर्ड फ्री स्टाइलको सुरुवाती मूल्य २६ लाख ९९ हजारबाट सुरु भएर फुल अप्सनको मूल्य ३६ लाख ९९ हजार कायम गरेको छ ।

एसयूभी जस्तो डिजाइन र टेक्नोलोजीले भरिपूर्ण यस फोर्ड फ्रिस्टाइल नेपालको पहिलो कम्प्याक्ट युटिलिटि भेइकल हुने कम्पनीले बताएको छ । यो गाडीमा फ्रन्ट बम्परमा स्कीड प्लेट र फेसिका सेक्सन जोडिएको छ, जसले फ्रीस्टाइलको डिजाइनलाई अझै आकर्षक बनाएको कम्पनीले जनाएको छ ।

पेट्रोल भेरिएन्टको यो कारमा, ड्रयागन परिवारको नयाँ १.२ लिटर ३ सिलिन्डर इन्जिनमा उपलब्ध हुने छ, जसले ९६ पीएसको पावर र १२० एनएम टर्क प्रदान गर्नेछ । यो कारले १९ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दाबी गरे ।

फ्रिस्टाइलमा रहेको टिआइभिसिटी पेट्रोल इन्जिन सानो, हलुका र शक्तिशाली हुनुका साथै कम इन्धन प्रयोग गरी राम्रो माइलेज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।Freestyle 1सार्वजनिक गरिएकाे कार ।

सेफ्टीको लागि ६ एयर ब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिष्ट्रिब्युसन, ट्रेक्शन नियन्त्रण प्रणाली, रियरभियु क्यामेरा र इमरजेन्सी असिस्टेन्सजस्ता सुविधा पाइने छ । यसबाहेक कारमा ६.५ इन्चटचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, पुस बटन स्टार्ट, कि–लेस ईन्ट्री, अटो हेडल्याम्पस् , रेन–सेन्सिङ वाईपर, १५–ईन्च अलो हुइल दिइएको छ ।

car
सार्वजनिक गरिएकाे कार ।

२६ अप्रिलका दिन दिल्लीमा सार्वजनिक भएको यो कार ५ दिनपछि नेपाली बजारमा सार्वजनिक गरिएको हो । नयाँ फ्रिस्टाइल पेट्रोल इन्जिनमा मात्रै नेपाली बजारमा उपलब्ध छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७