‘लम्फू’ को नयाँ गीतमा ‘तरकारीवाली’ आउट


२० बैशाख २०७५, बिहीबार
Tarkariwali

काठमाठौं, २० बैसाख । आउँदै बैशाख २८ मा रिलिजको तयारीमा रहेको चलचित्र ‘लम्फू’ को नयाँ गीत ‘तिमीलाई भुलेर..’ सार्वजनिक भएको छ ।

Tarkariwali

कबिर खड्का र मरिष्का पोखरेलको अभिनय रहेको यो गीतमा प्रमोद खरेलको स्वरमा र अर्जुन पोखरेलको संगीत तथा युवराज सापकोटाको शब्द रहेको छ । तरकारीवाली कुशुम श्रेष्ठको समेत अभिनय रहेको ‘लम्फू’ चलचित्रको यो गीतमा भने उनी अटाएकी छैनन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतले वियोग बोल्छ ।

khusham shrestha tarkariwali

गोपालचन्द्र लामिछानेको निर्देशन रहेको ‘लम्फू’ ले मिलन, वियोग, समाज, साथीको साथ र परिवारको कथा प्रस्तुत गरेको छ । चलचित्रका यस अगाडि दुई गीत र ट्रेलर आएको थियो । यी सबैमा कुशुमलाई देख्न सकिन्छ । चलचित्रमा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आर्यन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । tarkariwali kusum shrestha selling

तरकारीवालीको नामले संसारभर चिनिएकी कुशुम श्रेष्ठले यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् । पपुलर मल्टिमिडियाको ब्यानरमा बनेको लम्फू भूपतिको लेखन रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७