सम्झौता अनुसार काम नगर्ने ९३ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)


२१ बैशाख २०७५, शुक्रबार
Thekka

काठमाडौं, २१ बैशाख । सम्झौता बमोजिम काम नगर्ने ९३ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । कालो सूचीमा पर्नेमा प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा व्यक्ति फर्म, संस्था र कम्पनी छन् ।

कार्यालयले सन् २०१७ मा सम्झौता अनुसार काम नगर्ने ५९ वटा निर्माण तथा परामर्शदाता कम्पनीलाई सीमित अवधिका लागि प्रतिबन्ध लगाएर कार्बाही गरेको हो । कालोसूचीमा परेका ३४ वटा कम्पनीलाई भने सर्वाेच्च अदालतको कालोसूची स्थगन गर्न अन्तरिम आदेश दिएको छ ।

सार्वजनिक खरिद ऐन–२०६३ अनुसार आचरण विपरीत काम गर्नेलाई कालोसूचीमा राखेर कार्बाही गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता यज्ञराज कोइरालाले जानकारी दिएका छन् । कालोसूचीमा परेका कुनै पनि बोलपत्रदाता, निर्माण कम्पनी तथा परामर्शदाताले कुनै पनि खरिद तथ टेण्डर प्रक्रियामा सहभागी हुन नपाउने कोइरालाले बताए ।Thekka

ऐनमा आचरण विपरीत काम गरेको प्रमाणित भएमा कालोसूचीमा राख्न सकिने प्रावधान छ । यसैगरी खरिद सम्झौताको मर्मअनुसार काम नगर्ने, सम्झौता अनुसार गुणस्तर कायम नगर्ने, स्वीकृतका लागि छनोट भएर सम्झौता गर्न नआउने कम्पनी तथा फर्मलाई पनि यस्तो कार्बाही गर्न सकिने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

ऐनमा खरिद सम्झौतमा भाग लिन अयोग्य ठहरिने कुनै फौजदारी कसूरमा अदालतबाट दोषी ठहरिएमा, योग्यता ढाँटी वा झुक्याएर खरिद सम्झौता गरेको कुरा प्रमाणित हुन आएका निर्माण कम्पनी तथा बोलपत्रदाता, प्रस्तावदातालाई आवश्यक छानबिन गरेर कार्बाही गर्न सकिने प्रावधान छ ।

कार्यालयका अनुसार सन् २०१८ को हालसम्म तोकिए बमोजिमको काम नगर्ने ९ कम्पनीलाई कालोसूचीमा राखेर कार्बाही प्रक्रिया अघि बढाइएको छ । कार्बाहीमा परेकामध्ये तीन वटा कम्पनीलाई सर्वाेच्च अदालतको अन्तरिम आदेशले कालोसूची स्थगन गरिएको छ । कालोसूचीमा पर्नेमा एमएस इन्ड्रिट्रियल एशोसिएट, थापा कागेश्वारी सप्लायर्स प्राली, पवन कुमार–निकेश कुमार, नारायणदास निवास, क्वालिटी सेक्युरिटी गुड्स सप्लायर्स, डिएनके ट्रेडिङ प्राली छन् ।

‘सम्बन्धित सरकारी निकायले काममा अनियमितता र लापार्बाही गर्ने निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कार्बाहीका लागि सिफारिस गर्छन्,’ कार्यालयका सचिव मधुप्रसाद रेग्मी भन्छन्, ‘सम्बन्धित कार्यालयले कार्बाहीका लागि सिफारिस गरेकाको अनुसन्धान गरेपश्चात मात्रै कालोसूचीमा राखेर कार्बाही प्रक्रिया अघि बढाइन्छ ।’

ऐन अनुसार बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा व्यक्ति फर्म, संस्था वा कम्पनीलाई कार्यको गाम्भिर्यताको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखेर कार्बाही गर्न सक्ने कानुनी व्यवस्था छ । सार्वजनिक खरिद कार्यालयका अनुसार ठेकेदार कम्पनीले काम गर्ने क्षमताभन्दा ठूला योजनामा टेण्डर हाल्ने प्रवृत्ति बढेको छ ।

यी हुन् सन् २०१८ मा कालोसूचीमा परेकाहरू निर्माण कम्पनीहरु

एमएस इन्ड्रिस्ट्रियल एसोसिएट,
थापा कागेश्वारी सप्लायर्स प्राली
पवन कुमार–निकेश कुमार
नारायणदास श्रीनिवास
क्वालिटी सेक्युरिटी गुड्स सप्लायर्स
डिएनके ट्रेडिङ प्राली

सन् २०१७ मा कालोसूचीमा परेकाहरू

नेपाल प्रगति र बोखिम एण्ड सन जेभी
नेपाल प्रगति निर्माण सेवा प्राली
बोखिम एन्ड सन कन्स्ट्रक्सन प्राली
मन्जुश्री कन्स्ट्रक्सन
निकेत निर्माण सेवा
उत्सव निर्माण सेवा
विटि र फ्रेन्ड्स र श्रेष्ठ जेभी
विटी निर्माण सेवा
फ्रेन्ड्स कन्स्ट्रक्सन प्राली
श्रेष्ठ निर्माण तथा ढुवानी सेवा
गरिमा इन्टरनेसनल स्टोर
डिलक्स सरसफाइ प्राली
पिआर कन्स्ट्रक्सन
एनइएस इन्टरप्राइजेज प्राली
एनइएस इन्टरप्राइजेज प्राली
म निर्माण सेवा
सर्वउद्धार फ्रेन्ड्स जेभी
शुभचन्द्र निर्माण सेवा
सिबी निर्माण सेवा
उत्तरगंगा इन्भेस्टमेन्ट
जोडदार निर्माण सेवा
राजपुत कन्स्ट्रक्सन
राजेन्द्र निर्माण सेवा
महामाया बिल्डर्स
माँ गंगा निर्माण सेवा
माँ गायत्री कन्स्ट्रक्सन
लक्की कन्स्ट्रक्सन
कमोडिटी फस्ट
लिर्वटी इन्टरनेसनल ट्रेडिङ
देवनारायण
कन्स्ट्रोरा सन्जोस एसए
ब्याहुत कमर्सियल ट्रेडर्स
टौदह कन्स्ट्रक्सन
जेनेटिक ट्रेडिंग प्राली
एम÷एस वल्र्डवाइड कन्र्सन लिमिटेड
एम÷एस क्राउन नेपाल इन्टरप्राइजेज प्राली
क्यानभास प्रेस प्राली
गोर्खा कन्स्ट्रक्सन प्राली
जय ओम निर्माण सेवा
सालघारी मेडिहेल्थ कन्सर्न
साठीबारी जनरल ओभरटेक बिजनेस
टौदह कन्स्ट्रक्सन
एपि सप्लायर्स
सञ्जीव एन्ड ब्रदर्स
हाइटेक पायोनियर ग्लोबल इ–गेटवे जेभी
हाइटेक पायोनियर
ग्लोबल इ–गेटवे
रियाना निर्माण सेवा
बन्डली निर्माण सेवा
एच बिकेसी लक्ष्मी निर्माण सेवा जेभी
एच बिके
सी–लक्ष्मी निर्माण सेवा
साङिग्मा निर्माण सेवा
एफएन्ड टी कन्स्ट्रक्सन
चरी ल्यान्डब्रदर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स
चन्द्रमा निर्माण सेवा
रन्जिका र शिवलाल एन्ड सन्स जेभी
शीतलचन्द्र कन्स्ट्रक्सन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७