विज्ञानले ल्याए ‘न रुनु है’


२१ बैशाख २०७५, शुक्रबार
silpa

काठमाडौं २१ वैशाख । नेपाली आधुनिक गीत ‘न रुनु है’ को भिडियो सार्वजनिक भएको छ । भिडियो युट्युवबाट सार्वजनिक गरेको हो । भिडियो हेर्दा निर्देशक विज्ञान राईले निक्कै मेहनत गरेको स्पष्ट देख्न सकिन्छ । हुन त विज्ञान अनुभवी भिडियो निर्देशक हुन् । उनले निर्देशन गरेको दर्जनौँ भिडियो हिट भैसकेको छ । यो भिडियोले पनि निराशा नछाउने देखिन्छ ।

silpa

त्यस्तै कलाकार पनि अनुभवी नै छन् । नेपाली फिल्म क्षेत्रमा बिकेकै नाम हुन् शिल्पा पोखरेल । त्यस्तै पछिलो समय शहिल खान पनि सुनिएको नाम नै हो । भिडियोमा यी जोडीले गीतको न्याय गरेको देखिन्छ । खानको डेब्यू भिडियो भए पनि ठुलो पर्दामा देखिसकेका अनुहार हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७