३३ करोड प्रयोगकर्तालाई पासवर्ड फेर्न ट्वीटरको आग्रह


२१ बैशाख २०७५, शुक्रबार
twitter hack

काठमाडौं, २१ बैशाख । सामाजिक सञ्जाल ट्विटरले आफना ३३ करोड प्रयोगकर्तालाई खाताको पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । केही प्राविधिक त्रुटि देखिएका कारण आफ्नो आन्तरिक सञ्जालमा केही प्रयोगकर्ताका पासवर्ड खुल्ला रूपमा देखिएको भन्दै ट्विटरले यस्तो आग्रह गरेको हो ।twitter hack

पासवर्डहरू चोरिएका वा तिनको दुरुपयोग भएको सङ्केत आन्तरिक अनुसन्धानमा नपाइएको ट्विटरले जनाएको छ । तरपनि ‘पर्याप्त सावधानी’ का लागि प्रयोगकर्ताहरूलाई पुरानो पासवर्ड फेर्न ट्विटरले आग्रह गरेको छ । भने ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले  समस्याको निराकरण भइसकेको भन्दै ट्वीट गरेका छन्।

ट्विटरले आफ्नो ब्लगमा त्यसो भएकोमा दुस्ख व्यक्त गरेको छ । ट्विटर खाताको सुरक्षार्थ एवम् ह्याकिङबाट जोगिन ट्विटरले प्रयोगकर्तालाई पासवर्ड परिवर्तनबाहेक टू–फ्याक्टर अथेन्टिकेशन भनिने सेवा पनि प्रयोग गर्न सुझाव दिएको छ ।

उसले खाताको कति पासवर्ड प्रभावित भए त्यो भने स्पष्ट पारेको छैन । तर प्रभावित भएका खाताको संख्या ‘उल्लेख्य’ भएको बताएका छन् । केही महिनादेखि पासवर्डहरू खुल्ला रहेको बुझिएको छ । ट्विटरको आधिकारिक ब्लगमा ‘ह्याशिङ’ विधिका कारण सो त्रुटि भएको हो । प्रयोगकर्ताले लेखेको पासवर्ड ह्याशिङ विधिबाट अरू गुप्त सङ्केतमा रूपान्तरित हुन्छ । तर बगले ह्याशिङ् विधिद्वारा रूपान्तरण प्रक्रिया सकिनुअघि नै पासवर्डलाई एउटा आन्तरिक कम्प्युटर लगमा सङ्गृहीत गराइदियो ।

ट्विटर स्रोतले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार प्राविधिक भाषामा ‘बग’ भनिने त्यो त्रुटि केही हप्ताअघि पत्ता लागेको थियो । त्यसबारे नियामक निकायलाई पनि सूचित गरिएको बताइन्छ । ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले सो समस्याको निराकरण भइसकेको भन्दै ट्वीट गरेका छन् ।

Pakisthan Pm Offical visit

बिहिबार मात्रै पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीको सरकारको आधिकारिक ट्वीटर ह्याण्डल ‘जिओभीटी अफ पाकिस्तान’ले प्रधानमन्त्री शाहिद खकान अब्बासीले विहीबार नेपालको दुई दिने भ्रमण गर्न लागेको सूचना जारी गरेको थियो । तर त्यो विल्कुलै गलत सुचना प्रवाह भएको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७