तीन भूतपूर्व गोर्खालाई बेलायतमा राजनीतिक सफलता, बने काउन्सिलर


२२ बैशाख २०७५, शनिबार
uk 3 counsilar
विजय काउन्सिलर लक्ष्य गुरूङ, विष्णु गुरूङ र चित्र राना ।

लण्डन, २२ वैशाख । बेलायतमा तीन भुतपूर्व गोरखा सैनिकलाई राजनीतिक सफलता मिलेको छ । बिहीबार भएको स्थानीय निर्वाचनमा तीन जना भूतपूर्व गोर्खा सैनिकहरु विष्णु गुरुङ, लक्ष्य गुरुङ र मेजर चित्र राना काउन्सिलर पदमा विजयी भएका हुन् ।

uk 3 counsilar
विजयी काउन्सिलर लक्ष्य गुरूङ, विष्णु गुरूङ र चित्र राना ।

विष्णु गुरुङ र चित्र राना दोश्रो पटक काउन्सिलर निर्वा्चित भएका हुन् । बस चालक विष्णु पहिलोपटक सन् २०१४ मा काउन्सिलर पदमा निर्वा्चित भएका थिए । अर्को वर्ष उनी डेपुटी मेयर भए ।

बेलायतस्थित एनआरएन अभियन्ता तथा व्यवसायी लक्ष्य गुरुङ बार्नेट काउन्सिलको हेल वार्डबाट काउन्सिलर पदमा विजयी भएका हुन् । उनले तीन हजार सात मत ल्याए ।

यस्तै मेजर चित्र रानाले वकिङ बरोको गोल्डसवर्थ पार्क वडाबाट विजय भए । कन्जरभेटिभ पार्टीका उम्मेदवार रानाले ९३० र उनका प्रतिष्पर्धी लिबरल डेमोक्रयाट्सका जेम्स रिचार्ड स्यान्डरसनले ९२० मत ल्याए ।

यसपटकको निर्वाचनमा बेलायतको प्रतिपक्षी दल लेबरले दुई हजार ३५० सिट,सत्तारुढ कन्जरभेटिभले १३३२, लिबरल डेमोक्रेटिक पार्टीले ५३६, ग्रीन पार्टीले ३९, यूकीपले ३ र अन्यले १४४ सिटमा जित हासिल गरेका छन् ।

निर्वाचनमा नेपाली मुलका उम्मेदवारहरु बार्नेटको सेड वार्डमा लेबरबाट उठेका कमलबहादुर गुरुङ, फेल्थाम नर्थमा कन्जरभेटिभबाट लडेका आनन्द राई, इलिङको होबेइन वडामा कन्जरभेटिभका तर्फबाट उठेका सुरेन्द्र ढुंगाना र हार्ट डिष्ट्रिक्ट काउन्सिलको ब्ल्याकवाटर एण्ड हवली वडाबाट उठेकी लिला सेलिङ माबो भने पराजित भएका छन् ।

गत बिहीबार इंग्ल्यान्डको १५० काउन्सिलमा ४ हजार ३७१ सिटका लागि स्थानीय निर्वाचन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७