दिपाश्रीको फेसबुकमा दिपकराज गिरीको ८० लाखको नयाँ कार


२३ बैशाख २०७५, आईतवार
raja1

काठमाडौं, २३ बैसाख । हाँस्य कलाकार दीपकराज गिरीको भर्खरै किनेको ८० लाखको नयाँ कारले कलाकार वृत्तलाई तताएको छ । दीपकराज गिरीकी सहकर्मी कलाकार दिपाश्री निरौलाले गिरीले किनेको नयाँ कारको फोटोलाई ‘राजाको सवारी’ लेख्दै फेसबुकमार्फत शेयर गरेकी छन् । उनले कारका केही तस्बिरहरू सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेकी हुन् ।raja1

फोटोमा दीपकले किनेको ८० लाख मूल्यको हेक्जा कार र यससँगै दीपक राज, दिपाश्री, जितु नेपाललगायत अन्यलाई देख्न सकिन्छ ।raja0

यसअघि दीपकले ३१ लाख पर्ने स्वीफ्ट डिजायरको गाडी चढ्दै आएका थिए । तर उनले महंगो कार किनेपछि त्यसको खुसी दीपाश्रीले फेसबुकबाट सार्वजनिक गरेकी हुन् । एकपछि अर्को गर्दै उनका फिल्म हिट हुने गरेको छ । हाल उनी ‘छक्का–पञ्जा ३’ निर्माणको तयारीमा छन् । तस्विरहरु : दिपाश्री निरौलाको फेसबुकबाट

raja2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७