लाङटाङ राष्ट्रिय निकुञ्जमा भिषण डढेलो, यसरी हुँदैछ आगो निभाउने प्रयास


२३ बैशाख २०७५, आईतवार
nikunjama lageko aago

रसुवा, २३ बैसाख । रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा आज भिषण डढेलो लागेको छ । रसुवाको धुन्चेस्थित ब्राबलको जङ्गलमा डढेलो लागेको स्थानीयले जानकारी दिएका छन् ।

nikunjama lageko aago
तस्विर स्रोत : सामाजिक सञ्जाल

दुई घण्टाअघिबाट शुरु भएको डढेलो निभाउने प्रयास भईरहेको निकुञ्जले जनाएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको कालिजंग गण र हरित युवा पर्यटन विकास समाजका एक सय भन्दा बढीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

हावाको वेगको कारण आगो निभाउन कठिन भइरहेको निकुञ्जका रेञ्जर रमेश बस्नेतले जानकारी दिएका छन् । पासाङल्हामु राजमार्गभन्दा ५ सय मिटर मुनि डढेलो लागेको रेन्जर बस्नेतले बताए । ‘फायर फाइटिङका सामग्रीसहित आगो निभाउने प्रयास भइरहेको छ, रेन्जर बस्नेतले भने, थप क्षति हुन नदिनका लागि हाम्रो प्रयास जारी छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७