बेलायती परराष्ट्र राज्यमन्त्री नेपालमा, नेपालको परराष्ट्र मन्त्रीसँग गेसोको विशेष भेटवार्ता


२३ बैशाख २०७५, आईतवार
GAESO and Pradeep Gyawali 1

-रविन रार्इ
काठमाडौं, २३ वैशाख । बेलायतका परराष्ट्र राज्यमन्त्री नेपाल भ्रमणमा आएका छन् । वेलायका एसिया र प्रसान्त क्षेत्र हेर्ने परराष्ट्र तथा कमनवेल्थ राज्यमन्त्री मार्क फिल्ड दुई दिने नेपाल भ्रमणमा आएका हुन् । उनी नेपाल र बेलायतको २०० वर्ष पुरानो द्विपक्षीय सम्बन्ध थप विस्तारका लागि आएका हुन् ।

mark fieldवेलायका एसिया र प्रसान्त क्षेत्र हेर्ने परराष्ट्र तथा कमनवेल्थ राज्यमन्त्री मार्क फिल्ड ।

नेपाल भ्रमणका क्रममा द्विपक्षीय व्यापार, लगानी वृद्धि र संघीयता कार्यान्वयनका लागि बेलायतले नेपाललाई कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल हुने बेलायत स्थित नेपाली दुतावासले जनाएको छ ।

यसैगरी आइतबार दिउँसो ३ बजे बेलायती सांसदहरुको टोली समेत नेपाल आउँदै छन् ।

 

के छ मार्क फिल्डको कार्यक्रम ?
नेपालमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहित नेपाल सरकारका उच्च नेतृत्वसँग भेट गर्ने कार्यक्रम रहेको छ । भने भ्रमणका क्रममा उनले भक्तपुरमा रहेको रेडक्रस आपतकालिन केन्द्रको अवलोकन गर्ने छन ।

उनी नेपालमा बाम गठबन्धनको सरकार गठन पछि नेपाल भ्रमण गर्ने पहिलो मन्त्री हुने छन् । ‘नेपालमा नयाँ सरकार गठन सँगै बेलायतबाट नेपाल भ्रमण गर्ने पहिलो मन्त्री हुन पाएकोमा खुसी व्यक्त गर्दछु,’ नेपाल आउन लागेका राज्यमन्त्री मार्कले भनेका छन् ।

उनले नेपाल बेतायतको पुरानो कुटनीतिक साझेदार मुलुक भएको बताउँदै नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीसँग भेट गर्दै दुई देशबिचको सम्बन्ध थप सुदृढ हुने बताएका छन् ।

‘नेपालमा मैले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीसँग भेट गर्देछु, यसले दुई देशबिच सम्बन्ध थप सुदृढ हुनेछ ।’ उनले भनेका छन्,‘बेलायत नेपालको समृद्धि र स्थायित्वका लागि सहयोग गर्न प्रतिबद्ध छ ।’

भूतपूर्व गोर्खा सैनिकहरु विषय कुरा उठ्ने
नेपाल बेलायत सम्बन्ध दुई सय वर्ष पुगेको अवसरमा नेपाल भ्रमणमा आएका बेला बेलायती परराष्ट्र राज्यमन्त्री मार्क तथा बेलायती सांसद टोलीसँग भूतपूर्व ब्रिटिस गोरखा सैनिकहरुको माथि विभेदको विषय चर्चा हुने आंकलन गरिएको छ । भ्रमणमा औपचारिकरुपमा गोरखा सैनिकहरुको विषय छलफलको कार्यक्रम नभए पनि अनौपचारिकरुपमा छलफल हुनेछ । GAESO and Pradeep Gyawali 1नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै भेटावार्ता गर्दे गेसाेकाे टाेली ।

बेलायतीले गोर्खा सैनिकहरु माथि गरिआएको विभेदको विषयमा गठित समस्या समाधानार्थ ‘प्राविधिक समिति’ले तयार पारेको प्रतिवेदन नेपाल र बेलायत सरकार समक्ष बुझाइ सकेको छ । भने नेपाल सरकारको तर्फ उक्त विषयमा छलफलका लागि आवश्यक तयारी पनि भइरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
यस्तै गोरखा भूतपूर्व सैनिक संघ (गेसो)को टोलीले आजै परराष्ट्र मन्त्री ज्ञवालीसँग विशेष भेटवार्ता गरेका छन् । बेलायती परराष्ट्र राज्यमन्त्री र बेलायती सांसदहरुको टोली नेपाल आउन लागेको बेला भएको विशेष भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ ।

गेसोको टोलीले आइतबार दिउँसो सिंहदरबारमा पराराष्ट्र मन्त्री ज्ञवालीलाई भेटी ब्रिटिस भूतपूर्व गोरखा सैनिकहरुको समस्या समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन् ।

भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले आवश्यक प्रक्रिया गम्भिरता साथ अगाडि बढाइरहेको गेसो टोलीलाई जानकारी गराएका थिए ।

यसअघि पनि गेसो टोली बेलायती भूतपूर्व गोरखा सैनिकहरु माथिको विभेद अनत्यका लागि उपराष्ट्रपति नन्द किशोर पुन ‘पासाङ, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री ईश्वर पाेखरेल, सभामुख कृष्ण बहादुर महरा, पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का परराष्ट्र विभाग प्रमुख माधव नेपाल, पूर्वउपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका नेता नारायण काजी, एमाले सचिव योगेश भट्टराई लगायतका नेताहरुलाई भेटेर आवश्यक पहल र सहयोग गरिदिन आग्रह गरिसकेका छन् ।

GAESO and Pradeep Gyawali 2

याे पनि पढ्नुहाेस्
नेपाल र ब्रिटिस सरकारलाई गोर्खाहरुको प्रतिवेदन बुझाइयो, के छ प्रतिवेदनमा ?
तीन भूतपूर्व गोर्खालाई बेलायतमा राजनीतिक सफलता, बने काउन्सिलर

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७