सलमानको कालो हरिण काण्ड : भोलिको सुनुवाइका लागि जोधपुर पुगे सलमान


२३ बैशाख २०७५, आईतवार
salman khan jail

काठमाडौं, २३ बैसाख । बलिउड अभिनेता सलमान खान कालो हरिण (कृष्णसार) शिकार मुद्दाको सुनुवाईका लागि आइतबार जोधपुर पुगेका छन् ।

salman khan jail
फाइल फोटो

जोधपुर सेसन कोर्टमा सोमबारदेखि सलमानको मुद्दामा सुनुवाई हुँदैछ । सलमानलाई यसअघि जोधपुर सेसन कोर्टले नै जमानत दिएको थियो । अदालतमा ५० हजार रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका थिए । जोधपुर कोर्टले सोमबार उनको सजायविरुद्धको अपिल सुन्ने छ । सलमानका वकिलले सजाय खारेजीको माग गर्दै अदालतमा निवेदन दर्ता गरेका छन् ।

जोधपुरको स्थानीय अदालतले ५ वर्षको जेल सजाय सुनाएपछि उनका वकिलले सजाय खारेजीको निवेदन दिएका थिए । यद्यपी अदालती प्रक्रियाका कारण सलमान ३ दिन जेलमा बस्नुपरेको थियो । १९९८ मा फिल्म ‘हम साथ साथ है’को शुटिङ्गका क्रममा कालो हरिणको शिकार गरेको अभियोगमा जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७