तीन महिनामै बन्याे भूकम्पप्रतिरोधी स्थायी घर


२३ बैशाख २०७५, आईतवार
eco pannel 2

भक्तपुर, २३ वैशाख । एउटा घर वा स्कुल भबन निर्माण सम्पन्न गर्न कति समय लाग्ला ? धेरैको उतर हुनसक्छ, एक वर्ष, दुई वर्ष अथवा तीन वर्ष । तर भक्तपुरको एभरेष्ट इंगलिश स्कुलको दुईतल्ले स्कुल भबन भने झण्डै तीन महिनामै निर्माण सम्पन्न भएको छ । दुई हजार पाँंच सय वर्ग फिट (झण्डै आधा रोपनी) क्षेत्रफलमा फैलिएको १० कोठे स्कुल भबन तीन महिनाभित्र सम्पन्न भएर कक्षा नै सञ्चालनमा आइसकेको छ ।eco pannel 2  तीन महिनामै निर्माण सम्पन्न भएको भक्तपुरको एभरेष्ट इंगलिश स्कुलको तयारी भबन ।

स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले प्रिकाष्ट तथा फलामको स्ट्रक्चरबाट निर्माण गरिएकाले तीन महिनाभित्रै भबन निर्माण कार्य सम्पन्न हुन सकेको जनाए । परम्परागत आरसीसीको जग, आईविमको पिलर तथा विम (स्ट्रिल स्ट्रकचर), प्रिकाष्ट ढलान, वाल (गारो)मा गोर्खा इको प्यानल (इटाको सटामा प्रयोग हुने) अनि युपीभीसीको झ्याल ढोका (गोर्खा विण्डोर) को प्रयोगबाट भबन निर्माण गरिएको उनले बताए ।

उनका अनुसार भबन निर्माणका लागि सुरुमा ढलानको घर बनाए जस्तै हातीपाइला तथा टाइविम गरिएको थियो । त्यसपछि कारखानामै पहिला नै फलामको स्ट्रकचर बनाइ निर्माणस्थलमा नटबोल्ड कसी जडान गरी स्ट्रकचर तयार गरिएको थियो । त्यसपछि कारखानामै पहिला नै तयार पारिएको एक सय वीस एमएम मोटाई, दुई फिट चौडाई र १५ फिट लम्वाईका प्रिष्टेज डण्डी प्रयोग गरिएको प्रिकाष्ट ढलान (स्ल्याब ढलान) राखिएको थियो । क्रेनको प्रयोगबाट प्रिकाष्ट स्ल्याबहरु जडान गरिएको थियो । छानाको रुपमा युपीभीसीको जस्ता प्रयोग गरिएको थियो ।

आरसीसी ढलानमा जस्तो इटा, वालुवा, रोडा थुपारिरहनु नपर्ने भएकोले निर्माण कार्यको क्रममा स्कुलको पढाईमा कुनै वाधा नपुगेको प्रिन्सिपल राजभण्डारीले बताए । नयाँं शैक्षिक सत्रका लागि थप कक्षाकोठा तुरुन्त आवश्यक भएकोमा तुरुन्त निर्माण सम्पन्न भई कक्षा सञ्चालन गर्न पाएको उनले खुशी व्यक्त गरे । कक्षाकोठामा एउटा कोठाको आवाज अर्काे कोठामा नआएको, माथिको आवाज तल नआएको, भबनका निर्माण सामाग्री विगार्नु परे पनि पुनःप्रयोग गर्न मिल्ने भएकाले स्कुल भबन बनाउँंदा यो प्रविधि उपयुक्त भएको उनले सुझाए ।

स्ल्याबहरु जडान गर्दा क्रेनको प्रयोग हुने भएकोले दक्ष जनशक्ति अभाब भइराखेको बेला यो प्रविधि अझ उपयुक्त हुने उनको भनाई छ ।
प्रिकाष्ट विज्ञ वरिष्ठ स्कट्रचरल इन्जिनियर सरोज शाक्यले कारखानामा पहिला नै डिजाइन अनुसार तयार पारेर राखिएका फलामको स्ट्रक्चर, प्रिकाष्ट र इको प्यानल निर्माणस्थलमा लगेर जोडे मात्रै पुग्ने भएकोले तीव्र निर्माण सम्भब भएको बताए । प्रिकाष्टको निर्माणबाट बनाइएको संरचना स्थायी नहुने सर्वसावसाधारणको बुझाई गलत भएको भन्दै उनले छिमेकी मुलुक चीनको तीव्र भौतिक पूर्वाधार निर्माणको सफलताको कारण नै प्रिकाष्टको प्रयोग भएको बताए ।eco pannel 1२) भबन निर्माणको क्रममा स्ल्याबमा इको प्यालन विछ्याइँंदै ।

चीनमा ५७ तल्ले भबन प्रिकाष्टको प्रयोगबाट १९ दिनमा तयार भएको भन्दै उनले भूकम्पपछिको पुननिर्माणमा प्रिकाष्टको प्रयोग गरे तीव्र पुननिर्माण सम्भब हुने बताए । फ्याक्ट्रीमा पहिला नै तयार पारिने भएकाले यसको गुणस्तरमा शंका नहुने भन्दै उनले यो भूकम्पीय दृष्टिले सुरक्षितसमेत हुने बताए ।

गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर राजन दुवालले सामान्य आरसीसी घरको ढलान गर्दा एकतल्ला स्ल्याब ढलान गर्न सामान्यतया एक महिना लाग्नेमा प्रिकाष्ट स्ल्याब प्रयोगबाट एक दुई दिनमै सकिने भएकाले तीव्र निर्माण हुने बताए । यसमा प्लाष्टर गरिरहनु नपर्नेलगायतका कारण वालको निर्माण तीव्र रुपमा सम्पन्न हुने उनले बताए । साथै युपीभीसी झ्यालढोकाको प्रयोग गर्दा सामान्य काठको भन्दा सस्तो, राम्रो र डिजाइन अनुसार आकर्षित हुने उनको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७