नायक प्रदिप खड्का ब्राडफोर्डको एम्बेस्डर नियुक्त


२४ बैशाख २०७५, सोमबार
pradip bradford

काठमाडौं, २४ बैसाख । अहिलेका चर्चित अभिनेता प्रदिप खडका अन्तर्राष्ट्रिय शैक्षिक परामर्शका क्षेत्रमा काम गर्दै आएको ब्राडफोर्ड एजुकेसन कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् ।pradip bradford

आइतबार काठमाडौंको होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा खड्कालाई ब्राण्ड एम्बेस्डर नियुक्त गरिएको हो । प्रदिपले ब्राडफोर्डको ब्राण्ड एम्बेस्डर बने बापत निकै मोटो रकम लिएका छन् । स्रोतका अनुसार उनले यसका लागि ११ लाख रुपैयाँ पारिश्रमिक लिएका छन् । यो उनको एक वर्षको पारिश्रमिक हो । प्रदिप यसअघि ‘नोभेम्बर’ का ब्राण्ड एम्बेस्डर बनेका थिए ।pradip khadka bradford

कार्यक्रममा बोल्दै नायक खड्काले ब्राडफोर्ड एजुकेशन उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरु माझ लोकप्रिय नाम भएकोले ब्राण्ड एम्बेस्डर बन्न तयार भएको बताए ।
कार्यक्रममा ब्राडफोर्डका सीइओ पवन विष्टले प्रदिपले नेपालको प्रतिनिधित्व गर्न सक्ने भएकोले ब्राण्ड एम्बेस्डर बनाइएको बताए । तस्विर सौजन्य : ब्राडफोर्ड

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७