नायक प्रदिप खड्का ब्राडफोर्डको एम्बेस्डर नियुक्त
काठमाडौं, २४ बैसाख । अहिलेका चर्चित अभिनेता प्रदिप खडका अन्तर्राष्ट्रिय शैक्षिक परामर्शका क्षेत्रमा काम गर्दै आएको ब्राडफोर्ड एजुकेसन कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् ।
आइतबार काठमाडौंको होटल र्याडिसनमा आयोजित कार्यक्रममा खड्कालाई ब्राण्ड एम्बेस्डर नियुक्त गरिएको हो । प्रदिपले ब्राडफोर्डको ब्राण्ड एम्बेस्डर बने बापत निकै मोटो रकम लिएका छन् । स्रोतका अनुसार उनले यसका लागि ११ लाख रुपैयाँ पारिश्रमिक लिएका छन् । यो उनको एक वर्षको पारिश्रमिक हो । प्रदिप यसअघि ‘नोभेम्बर’ का ब्राण्ड एम्बेस्डर बनेका थिए ।
कार्यक्रममा बोल्दै नायक खड्काले ब्राडफोर्ड एजुकेशन उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरु माझ लोकप्रिय नाम भएकोले ब्राण्ड एम्बेस्डर बन्न तयार भएको बताए ।
कार्यक्रममा ब्राडफोर्डका सीइओ पवन विष्टले प्रदिपले नेपालको प्रतिनिधित्व गर्न सक्ने भएकोले ब्राण्ड एम्बेस्डर बनाइएको बताए । तस्विर सौजन्य : ब्राडफोर्ड