ट्वीटर चलाउनु हुन्छ ? तत्काल पासवर्ड फेर्नुहोस्


२५ बैशाख २०७५, मंगलवार
twitter gifs

काठमाडौं, २५ बैसाख । सामाजिक सञ्जालको रुपमा तपाईले ट्वीटर प्रयोग गरिरहनु भएको छ ? यदि ट्वीटर नै तपाईको भरपर्दो सामाजिक सञ्जाल हो भने तत्काल पासवर्ड परिवर्तन गर्नुस् । ट्वीटरले हालै आफ्ना प्रयोगकर्ताहरुलाई आफ्नो एकाउन्टको पासवर्ड परिवर्तन गर्न सुझाव दिएको छ ।twitter gifs

ट्वीटरले आफ्नो पेजमा एउटा बग देखा परेको र उक्त बगले ट्वीटरका प्रयोगमर्ताहरुको पासवर्ड इन्टरनल लगमा स्टोर गरिदिएको कारण पासवर्ड परिवर्तन गर्न सुझाव दिएको हो ।
यसकै कारण अहिले केही दुर्घटना नभएको कारण ट्विटरले थप सुरक्षा अपनाउन आफ्ना प्रयोगकर्ताहरुलाई पासवर्ड परिवर्तन गर्न सल्लाह दिएको हो ।

अहिले ट्विटरले आफुहरु यो बगलाई फेरी आउन नदिने कार्यमा काम गरिरहेको जनाएको छ ।
३३ करोड प्रयोगकर्ता रहेको ट्वीटरमा आएको यो किसिमको समस्याको समाधान गरिसकेको ट्वीटरले जनाएको छ । बगले कसैको पासबर्ड ह्याक हुन नसकेको र सबैको डाटा सुरक्षित रहेको जनाएको छ । उक्त बगले प्रयोगकर्ताहरुको पासवर्डलाई अनमास्क्ड गरेर स्टोर गरिदिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७