‘तरकारीवाली’ को ‘लम्फू’ हेर्नुपर्ने यी रहेछन् तीन कारण


२५ बैशाख २०७५, मंगलवार
Tarkariwali

काठमाडौं, २५ बैसाख । आउँदो शुक्रबारबाट चलचित्र ‘लम्फू’ देशैभर प्रदर्शनमा आउँदैछ ।
‘तरकारीवाली’ अर्थात कसुम श्रेष्ठले अनिय गरेका कारण निर्माणको चरणदेखि नै चर्चामा रहेको यस चलचित्रले एक युवाको जीवनमा अनायासै आईपर्ने उतार–चढावको कथा बोल्छ ।Gopal Chandra Lamichhane

गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको फिल्ममा नव नायक कबिर खड्काले प्रमुख भूमिका निभाएका छन् । सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जीत भण्डारी, आयान खड्का, कुशाग्र भट्टराई, कुशुम श्रेष्ठ (तरकारीवाली) लगायतको पनि उक्त फिल्ममा अभिनय रहेको छ । प्रदर्शन मिति नजिकिंदै गर्दा दर्शकको मनमा ‘लम्फू’ किन हेर्ने भन्ने जिज्ञासा हुनसक्छ ।khusham shrestha tarkariwali

निर्देशक गोपालचन्द्र लामिछानेले यो फिल्म हेर्नैपर्ने केही कारणहरु खुलाएका छन् ।
‘यो फिल्ममा आफ्नोपन छ, चरित्र चित्रणमा पनि पूर्णतया आफ्नोपन छ । लम्फूले पूर्ण मनोरञ्जन दिन्छ’, लामिछाने भन्छन्, ’फिल्म हेर्नुको मूल ध्येय मनोरञ्जन लिनु हुन्छ, हामीले बनाउनुको अर्थ मनोरञ्जन दिनु हुन्छ । ‘लम्फू’ मा ती तत्वहरुको पूर्ण प्याकेज छ ।’

निर्देशक लामिछानेका अनुसार, अभिनेता सलोन बस्नेतको फरक भूमिका छ । ‘सलोनका फ्यानले पुनः एक पटक सलोनलाई नयाँ परिचयमा पाउने छन्’, उनले भने । यसै फिल्मबाट नेपाली चलचित्रमा आएका कबिर खड्काले निकै खारिएको अभिनेताले जसरी नै काम गरेको लामिछानेको भनाई छ । फिल्म क्षेत्रमा कबिरले निकै राम्रो सम्भावना बोकेको उनको दावी छ । कबिरको अभिनय प्रतिक्षा गर्नेहरुले पनि यो फिल्म हेर्नैपर्ने निर्देशक लामिछानेले बताए । फिल्ममा रहेका सम्पूर्ण कलाकारहरुको अभिनय उत्तिकै सशक्त रहेको लामिछानेको दावी छ ।tarkariwali kusum shrestha selling
निर्माता शक्दिबल्दभ घोरासैनी भन्छन्, ‘लम्फू’ प्रतिक्षित नहोला तर सम्भावना बोकेको छ ।’ निर्माता घोरासैनीले यो फिल्मबाट आफूले विशुद्द मनोरञ्जन दिने उद्देश्य राखेको बताएका छन् । उनका अनुसार, फिल्म हेरेपछि दर्शक निराश हुनुपर्ने छैन । तस्विर : नयाँपेज फाइल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७