सोनम कपूरले गरिन विवाह, हेर्नुहोस् तस्बिर


२५ बैशाख २०७५, मंगलवार
Sonam Kapoor

काठमाडौं, २५ वैशाख (एजेन्सी) । बलिउड अभिनेत्री सोनम कपुर प्रेमी आनन्द आहुजा सँग विवाह गरेकी छिन् । सन २०१४ देखि प्रेममा रहेकी सोनमले मुम्बईमा मंगलबार पञ्जाबी रितिरिवाज अुनसार प्रेमलाई विवाह बदलेकी हुन् ।

उनीहरुको बिहे सोनमकी आन्टी कबिता सिंहको ब्यान्डस्टेन्डस्थित शानदार घरमा विवाह सम्पन्न भएको हो । त्यहाँ दुलही भन्दा पहिला दुलाहा पुगेका थिए । उनी न घोडामा सवार थिए, न जन्ती नै लगेका थिए । सामान्य रुपमा उनी समारोहस्थल पुगे । पछि सोनम बेहुली बनेर त्यहाँ आइन् । उनीहरुले साधारण तरिकाले सातफेरा लिए । सोनमले रातो र गोल्डेन कलरको लहेंगा लगाएकी थिइन् भने उनको मेकअप हल्का थिए ।

हातमा रातो रंगको चुरा र गोल्डन रंगको बाला लगाएकी थिइन् । उनका दुलाहा आनन्दले गोल्डन कलरको शेरवानी र ह्वाइट एन्ड गोल्डेन पगडी लगाएका थिए ।

shaddi sonam4

 

shaddi sonam5

Sonam Kapoor 3

 

Sonam Kapoor

Sonam Kapoor 1

वैवाहिक समारोहमा कोको पुगे ?
वैवाहिक समारोहमा बलिउडकर्मीको बाक्लो उपस्थिति थियो । बलिउडका महानायक अमिताभ बच्चन आफ्नी छोरी श्वेता र छोरा अभिषेक बच्चनसँगै पुगेका थिए । बुहारी ऐश्वर्या राय भने गइनन् ।

करिना कपुर पति सैफ अली खान र छोरा तैमुरसहित पुगिन् । यसैगरी ज्याकलिन फर्ना्न्डिज, रानी मुखर्जी, रणबीर सिंह, आमिर खानलगायतका दिग्गजहरु पुगेका थिए ।

jackie 1ज्याकलिन फर्ना्न्डिज big bअमिताभ बच्चन

kjoकरण जाेहर ।
janhvi khushiबब्बी कपुर, जानवी कपुर  र खुसी कपुर ।masaba madhuमहेश गुप्ता र मधु मन्तेना ।ranveer 0रनविर सिंह ।abhishek shwetaस्वेता बच्चन नन्द र अभिशेष बच्चन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७