नायिका दिपशिखा कपालका कारण चर्चामा, त्यति सुन्दर कपाल किन खौरिइन् ?


२६ बैशाख २०७५, बुधबार
dipshikhaaa

काठमाडौं, २६ बैसाख । नायिका दिपशिखा खड्का अहिले विभिन्न सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा कपालका कारण चर्चामा आइरहेकी छन् । dipshikhaaa

सुन्दर कपाल खौरिएर एकाएक ‘तक्लु’ बनेपछि दिपशिखाको चर्चा चुलिएको हो । लामो र सिल्की परेको कपाल समेत खौरिन तयार भएपछि उनलाई अब चलचित्रको पर्दामा पनि कपाल बिनाकै अवस्थामा नै देख्न पाइने भएको छ । चलचित्र ‘प्रेमलीला’ को धमाधम छायाँकन भइरहेको बेला उनले कपाल मुण्डन पारेकी हुन् ।

फिल्मको छायाँकन चलिरहेको बेलामा किन कपाल मुण्डन गर्नु भएको त ? भनेर प्रश्नमा दिशिखाले भनिन्, ‘यो मुण्डनको रहस्य भने अहिले खोल्न चाहँदिन् । तपाईहरु आफैले थाहा पाउनु हुनेछ । केहि समय कुर्नुस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७