नायिका प्रियंका कार्कीलाई पीडामाथि पीडा


२६ बैशाख २०७५, बुधबार
priyanka karki

काठमाडौं, २६ बैसाख । नेपाली सिने क्षेत्रमा प्रियंका कार्की चर्चित नाम हो । प्रियंकाको अभिनय कलाको सबैले तारिफ गर्छन् । सबैले मन पराईरहेका बेला प्रियंका प्रसन्न हुनुपर्नेमा उल्टै पीडामाथि पीडा बोकेर हिंडिरहेकी छन् ।Priyanka karki

एकै दिन दुई फिल्म रिलिज हुनु अनि दुवै फिल्मबाट सुखद प्रतिक्रिया नपाउनु, कति पीडादायी होला ? यस्तै तनावमा छिन्, हिरोइन प्रियंका कार्की । १४ वैशाखमा उनी अभिनित कोहलपुर एक्सप्रेस र ह्याप्पी डेज प्रदर्शन भए । कोहलपुर एक्सप्रेसलाई चोरीको बात लाग्यो भने ह्याप्पी डेजलाई शुरुआतबाटै दर्शकको खडेरी ।Dayahang rai and Priyanka karki

प्रभावकारी प्रमोसन नगरेको प्रत्यक्ष असर बक्स अफिसमा देखाप¥यो । न त फिल्मले सकारात्मक समीक्षा नै पायो । धन्न ! कोहलपुर एक्सप्रेसमा उनको अभिनयले प्रशंसा पायो । यसले हल्कै सही, राहत दिलायो उनलाई । तर, चलचित्रले सफल नभए पनि उनी अभिनयमा सफल देखिएकी छन् । किनकी सबैजसो चलचित्रमा उनको अभिनयले दर्शकको ताली पाउँदै आएको छ । तस्विरहरु : नयाँपेज फाइलpriyanka

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७