काठमाडौँ महानगरले तिलगङ्गा क्षेत्रका करीब ४५ अस्थायी टहरा भत्कायाे


२७ बैशाख २०७५, बिहीबार

काठमाडौँ, २७ वैशाख । काठमाडौँ महानगरपालिकाले तिलगङ्गा क्षेत्रमा निर्माण गरिएको करीब ४५ वटा अस्थायी टहरा भत्काएको छ । केही दिनदेखि कामपाले पैदलमार्गमा राखिएका पसल र अस्थायी टहरा भत्काउने कार्य शुरु गरेको छ ।ktm

नगर प्रहरी नायब उपरीक्षक दिनेशकुमार अर्यालका अनुसार सडकको केन्द्रबाट ३१ मिटर बाहिरको दूरी व्यक्तिगत लाभमा प्रयोग गर्न नपाइने भएकाले कामपाले यही मापदण्ड कार्यान्वयन गर्दै ४५ वटा टहरा भत्काएको हो । यसरी भत्काइएका टहराहरुमा कबाडी संकलन केन्द्र, सवारी मर्मत केन्द्र, चिया नास्ताको पसललगायत रहेको थियो ।

यसैगरी कामपाले अतिक्रमित सडक, सडक पेटी र हरियाली क्षेत्रलाई सार्वजनिक उपयोगमा रुपान्तरण गर्ने अभियानलाई पनि तीव्रता दिएको छ ।

कोटेश्वर, गौशाला, चाबहिल, बानेश्वरजस्ता सडक व्यापार हुने क्षेत्रलाई नियन्त्रणमा लिइसकेको र अन्य बाँकी रहेका स्थानको यस्ता क्षेत्रलाई पनि लियन्त्रणमा लिने तयारीमा कामपा रहेको छ ।

शहरी आवागमन सुधार गर्न सार्वजनिक सम्पत्तिमा हरेक नागरिकको पहुँच पु¥याउन जरुरी रहेको भन्दै कामपाले तीनकुने पार्क नजिक निर्माण सामग्रीको व्यापार गर्ने व्यवसायीले पैदल मार्गमा राखेका फलामे डण्डी र इँटासमेत हटाइसकेको छ ।

यस्ता व्यापारिक स्थानहरु कामपामा दर्ता हुन नआउने भएकाले कतिको संख्यामा रहेको छ र कुन कुन स्थानमा छ भन्नेबारे थाहा नहुन पनि सक्छ त्यसमा नागरिकले सहयोग गर्नुपर्ने कामपाको भनाइ छ ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७