अख्तियारको हेटौँडा कार्यालयमा एक हजार ५७ उजुरी, कुन मन्त्रालयमा कति उजुरी ? (सुचीसहित)


२७ बैशाख २०७५, बिहीबार
akhitiyar

चितवन, २७ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक हजार ५७ उजुरी परेका छन् । कार्यालयले बिहिबार यहाँ आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा तथ्याङ्क सार्वजनिक गरिएको हो । akhitiyar

कार्यालयमा परेका उजुरीमध्ये ३९८ वटा उजुरी फछ्र्यौट भइसकेको सो अवसरमा जानकारी दिइयो । ६६१ उजुरी फछ्र्याैट हुन बाँकी रहेका छन् । कार्यालयका प्रमुख श्यामराज अधिकारीका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी धनुषामा १७९ वटा उजुरी परेकामा ५७ वटाको फछ्र्यौट भइसकेका छन् । सबैभन्दा कम काठमाडौँ, रसुवा, धादिङ र रामेछापमा रहेको छ । जहाँ एक–एक वटा उजुरी परेका छन् ।

कार्यालयले हेर्ने १९ जिल्लामा महोत्तरीमा १६७, सर्लाही १५०, सिन्धुली ३४, दोलखा दुई, सिन्धुपालचोक दुई र काभ्रे दुई वटा उजुरी परेका छन् ।
यस्तै मकवानपुर ५७, रौतहट १५९, बारा १५५, पर्सा ११४ र चितवनमा ३२ वटा उजुरी परेको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालय मातहतका कार्यालय हेर्ने हो भने सबैभन्दा बढी शिक्षा मन्त्रालय अन्तर्गतका कार्यालयको ४०३ वटा उजुरी परेका छन् भने सबैभन्दा कम खेलकूद, निर्वाचन आयोग र वाणिज्य मन्त्रालय अन्तर्गतका एक–एक वटा उजुरी रहेका छन् ।

कुन मन्त्रालयमा कति उजुरी ?
शिक्षा मन्त्रालय–४०३
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय – ३७९
गृह मन्त्रालय – १५
सिँचाइ मन्त्रालय – २९
ऊर्जा मन्त्रालय – ९
अर्थ मन्त्रालय – २
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय – १८
शहरी विकास मन्त्रालय – १३
वन तथा भूसंरक्षण मन्त्रालय – ४१
कृषि विकास मन्त्रालय – २७
भूमिसुधार तथा व्यवस्था मन्त्रालय – ४०
महिला, बालबालिका तथा समाज कल्याण कार्यालय – २
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – ४९
उद्योग मन्त्रालय – १५
सहकारी तथा गरिबी निवारण मन्त्रालय–२
खानेपानी तथा सरसफाइ मन्त्रालय – ६
पशुपक्षी मन्त्रालय – ४

आर्थिक वर्षमा चार वटा स्टिङ अपरेश
कार्यालयले चालु आर्थिक वर्षमा चार वटा स्टिङ अपरेशन गरेको सो अवसरमा जानकारी दिइएको थियो । सो क्रममा जिल्ला शिक्षा कार्यालय रौतहटका सब–इन्जिनियर ललनकुमार सिंह, जिल्ला अस्पताल गौर रौतहटका हेल्थ असिस्टेन्ट अधिकृत प्रवीनकुमार झा, ट्राफिक प्रहरी जवान मोतीकुमार श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरण कलैया बाराका इञ्जिनियर रतनेशकुमार चौधरीलाई घूससहित पक्राउ गरिएको कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा रु ४५ लाख २७ हजार २३० असुल उपर गरिएको छ । अहिले कार्यालयमा विस्तृत अनुसन्धानअन्तर्गत ११० वटा उजुरी परेकामा ९५ वटा फछ्र्यौट भएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७