सुन भनेर किनेको वस्तु फलाम परेपछि डुब्यो ८० लाख


२८ बैशाख २०७५, शुक्रबार
Fraud Arrested

काठमाडौं, २८ बैसाख । बजारको भन्दा सस्तोमा दिन्छु भन्दै नक्कली सुन देखाएर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।Fraud Arrested

फरार अपराधी पक्राउ एवम् गैरकानुनी क्रियाकलाप विरुद्ध महानगरीय अपराध महाशाखाबाट सञ्चालन गरेको बिशेष अभियान अन्तर्गत उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा रामेछाप, दुरागाउँ–८ घर भई हाल हात्तिबन वर्ष २५ का दिपेन्द्र बराईली र सिन्धुपाल्चोक, फुलपिङ–३ घर भई हाल ललितपुर बस्ने वर्ष २७ का रमेश बैजु रहेका छन् । उनीहरुले बजार भाउ भन्दा सस्तोमा सुन दिन्छु भन्दै सात किलो फलामको बिस्कुट देखाएर ८० लाख ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७