दंगल नायिका जायरा गम्भिर स्वास्थ्य समस्यामा, लेखिन्, आत्महत्या गर्ने सोंच आउँछ’


२८ बैशाख २०७५, शुक्रबार
vfw

काठमाडौं, २८ बैसाख । सुपरहिट बलिउड चलचित्र ‘दंगल’ तथा ‘सिक्रेट सुपरस्टार’ जस्ता चलचित्रबाट चर्चित बनेकी नायिका जायरा वसीमको एक ट्वीटले अहिले सामाजिक सञ्जाल तातेको छ ।

vfw
दंगल नायिका जायरा वसीम । तस्विर : गुगल

उनका फ्यानहरुलाई जायराको उक्त ट्वीटले चकित र निरास समेत बनाएको छ । उनले उनको बाल्यकालदेखिको बिरामीबारेमा ट्वीटमार्फत खुलासा गरेकी छिन् । उनले आफू बाल्यकालदेखि नै डिप्रेसनबाट पीडित रहेको कुरा लेखेकी छिन् । उनले डिप्रेसनकै कारण आत्महत्या गर्नेसम्मको सोच आउने गरेको तर परिवारमा उनलाई यति सानो उमेरमा डिप्रेसन हुँदैन भनेर सम्झाउने गरेको पनि बताएकी छन् ।

१७ वर्षीया जायराले सामाजिक सञ्जालमा आफ्नो बिमारीका विषयमा लेखेकी छिन्, ‘अन्ततः म यो कुराको बारेमा बताउँदैछु कि म लामो समयदेखि डिप्रेशन र एन्जाइटीबाट पीडित छु । मलाई यस्तो बिमारी भएको चार वर्ष भयो’ । साथै उनले बिमारीकै कारण दिनमा पाँच वटा एन्टी–डिप्रेसनको गोलीहरु खाइरहेको लेखेकी छिन् । ‘डिप्रेसनका कारण मलाई कैयौं पटक एन्जाइटी अट्याक आउने गर्छ । थकित, एक्लो, रित्तो रित्तो र एकदमै डर महसुस गर्छु । कहिले धेरै सुतेर त कहिले सुत्नै नसकेर शरीर धेरै दुख्छ ।’ जसका कारण आफूलाई रातारात अस्पताल लैजानु परेको पनि लेखेकी छिन् ।

उनले थप लेखेकी छिन्, ‘मलाई याद छ म १२ वर्षकी हुँदा पहिलोपल्ट प्यानिक अट्याक भएको थियो । आफू १४ वर्षको हुँदा दोस्रो पटक अट्याक आएको थियो र यसपछि मलाई थाहा छैन कि यस्तो अट्याक मैले कतिऔं पटक झेल्नु पर्‍यो ।’ कहिले धेरै खाना खाने र कहिलै नखाएरै खोकै बस्ने र आत्महत्या गर्ने जस्ता नकारात्मक सोच पनि आउने गरेको उनले बताएकी छिन् ।

‘यो सब हुँदा पनि मलाई सबैले यति सानो उमेरमा तिमीलाई डिप्रेशन हुन सक्दैन, डिप्रेशन केवल २५ पूरा गरेका व्यक्तिहरुलाई मात्रै हुने गर्छ भन्ने गरेको लेखेकी छिन् । जायराले अगाडि लेखेकी छिन्, ‘म ती सबै व्यक्तिहरु प्रति आभारी छु, जो मेरो जीवनमा आएको उतारचढावमा सदा साथमा रहनुभयो । साथै मेरो परिवारप्रति पनि । उनले अन्त्यमा लेखेकी छिन्, ‘यस्तो अवस्थामा धैर्यताका साथ मसँगै रहनुहुने सम्पूर्णलार्ई जति धन्यवाद दिए पनि त्यो कम नै हुनेछ ।’

जायरा वसीमले २०१६ मा आमीर खानको फिल्म ‘दंगल’ मार्फत बलिउडमा डेब्यू गरेकी थिइन् । दंगलमा उनको कुस्ती तथा अभिनयको सारा बलिउड तथा दर्शकहरुले वाहवाही गरेका थिए । यस्तै २०१७ मा आमीर खान प्रोडक्सनले निर्माण गरेको फिल्म ‘सिक्रेट सुपरस्टार’ मा उनले गरेको अभिनय त्यतिकै प्रशंसनीय थियो ।
यस्तो छ जायराको ट्वीट :jayara

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७