छक्का पञ्जा–३ बाट स्वस्तिमा आउट, फुच्ची दीपिका यसरी बनिन् वाधक


२८ बैशाख २०७५, शुक्रबार

काठमाडौं, २८ बैसाख । चलचित्र छक्कापञ्जा–३ को शुक्रबारबाट छायाँकन थालिएको छ । अघिल्ला २ श्रृंखला ‘छक्का पञ्जा’ र ‘छक्का पञ्जा–२’ को सफलतापछि शुक्रबारबाटै निर्माणको औपचारिक घोषणाका साथ फिल्मको छायाँकन थालिएको छ ।

चलचित्रका अभिनेता दीपकराज गिरीका साथमा दीपिका प्रसाई देखिने छिन् । अघिल्लो फिल्म छक्का पञ्जा–२ मा अटाएकी स्वस्तिमा खड्का यस पटक अटाउन सकिनन् । हुन त छक्कापञ्जा ब्राण्डमा काम गर्दै आएका कलाकारहरु स्वस्तिमासहित वर्षा राउत, निर्मल शर्मा, सीताराम कट्टेललगायत अन्य केही कलाकारहरु पनि अटाउन सकेनन् ।

तर, दीपिका र स्वस्तिमाको लुक्स उस्तै–उस्तै भए पनि फिल्ममा दीपिका नै अनुबन्धित भइन् । स्वस्तिमालाई छोडेर दीपिका रोज्नुको कारण के त ? अभिनेता तथा फिल्मका कथाकार दीपकराज गिरीले ठट्यौलो तरिकाले भने, ‘हाम्रो स्क्रिप्टमा फुच्ची अभिनेत्री चाहिएकाले दीपिका रोजेको हौं ।

दीपिका ठिकैको फुच्ची रहेकाले नलिइएको हो ।’ दीपाश्री निरौला भन्छिन्, ‘दीपकको छोरी या बहिनीको भूमिकामा कलाकार चाहिएको भए स्वस्तिमा फिट हुन्थिन् । तर कथा अनुसारको ठिक्ककी हिरोइन दीपिका भएकोले उनलाई रोजिएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७