ज्याकलिन फर्नान्डिज दुर्घटनामा परिन्


२९ बैशाख २०७५, शनिबार
Jacqueline Fernandez with the all new Jaguar XF 2

मुम्बइ, २९ वैशाख । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज कार दुर्घटनामा परेकी छिन् । शुक्रबार राती सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टबाट फर्किने क्रममा उनको कार दुर्घटना भएको हो ।Jacqueline Fernandez with the all new Jaguar XF 2

शुक्रबार राती सलमानको घरमा पार्टी थियो । फिल्म रेस–३ को सुटिङ सकिएपछि सलमानले रेस–३ का सबै टिमको लागि पार्टी राखेका थिए ।

स्पटब्वायको रिपोर्टका अनुसार रातको पौने ३ बजे मुम्बइ बान्द्राको कार्टर रोडमा दुर्घटना भएको बताइएको छ । ज्याकलिनको कार अटोरिक्सासँग ठोक्किएको थियो । अटोरिक्शा चालकले मदिरा पिएर अटो चलाइरहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७