गायक–संगीतकार हिमेशले गरे दोस्रो विवाह


३० बैशाख २०७५, आईतवार
Himesh Reshammiya with wife Sonia Kapoor

काठमाडौं, ३० बैसाख । बलिउड गायक एवम् संगीतकार हिमेश रेशमियाले दोस्रो विवाह गरेका छन् । हिमेशले सोनिया कपूरसँग शुक्रबार राति लोखन्डवालस्थित अपार्टमेन्टको छतमा विवाह गरेका हुन् । दोस्रो पत्नी सोनिया कपूर टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् ।

Himesh Reshammiya with wife Sonia Kapoor
तस्विर : गुगल

विवाह गुजराजी रीति–रिवाज अनुसार भएको थियो । विवाहमा दुवैका परिवारका सदस्य उपस्थित थिए । सोनियाकै कारण हिमेश र उनको पहिलो पत्नी कोमलसँग सम्बन्धविच्छेद भएको थियो । पहिलो पत्नी कोमल र हिमेशको विवाह सन् १९९६ भएको थियो । उनीहरूको सन् २०१७ मा सम्बन्धविच्छेद भएको थियो । हिमेश र कोमलका एक छोरा छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७