२०१८ को समरमा पनि धेरैको रोजाइमा पर्ने ड्रेस


३० बैशाख २०७५, आईतवार
fa

काठमाडौं, ३० बैसाख । वेस्टर्न पहिरनमा बोल्ड प्रिन्ट भएका गाउनहरू यो वर्षको फेसनमा छन् । यिनले व्यक्तित्वमा निखार ल्याउनुका साथै क्यारी गर्न पनि सजिलै हुन्छ । बोल्ड प्रिन्ट गाउनमा डार्क पर्पल, ब्राइट एल्लो, रोयल ब्लु कलर बढी चल्नेछन् । fa

यस पटक पियर वेस्टर्न गाउनहरू नै नेपाली फेसन बजारमा देखिने छन् । भोलुम बढी भएका प्रिन्सेस स्टाइलका गाउनहरू लोकप्रिय हुनेछन् । यस्ता गाउनले महिलाहरूको शारीरिक स्वरूपलाई उभारेर राम्रो लुक्स दिन्छन् । वेस्ट तथा हिप ठूलो हुनेहरू पनि यसमा आकर्षक देखिन सक्छन् । वेस्टर्न गाउनले स्लिम र अग्लो समेत देखाउँछ । गाउनमा भने यसपटक अफ सोल्जर भित्रिनेछ । यदि गाउन लगाउन मन छैन भने प्लेन कलरको लङ ड्रेसेसका साथमा प्रिन्टेड समर ज्याकेट पनि लगाउन सकिन्छ ।

यस्तै ब्लु डेनिस जिन्समा प्लेन ह्वाइट टप्स टपिङ गरी माथिबाट प्रिन्टेड समर ज्याकेट लगाउन सकिन्छ । अहिले माइक्रोसर्ट ड्रेस, स्कर्टमा फ्लोरल प्रिन्ट सर्ट, रक्की पाइन्ट, रक्की हाफ पाइन्ट तथा रक्की स्कर्ट पनि फेसनमा भित्रिएका छन् । जेब्रा प्रिन्टमा स्कर्ट, वान पिस पनि यसपटक फेसनमा छन् । लाइट कलरको प्लेन, प्रिन्टेड र जोमेट्रिक थ्रि क्वाटर पाइन्ट पनि यो वर्षको समर फेसनमा रहनेछन् । थ्रि क्वाटर पाइन्टसँग लङ आउटर लगाउने ट्रेन्ड पनि छ । यसपटक हट पाइन्ट, अफ सोल्जर टप्स युवापुस्ताका लागि हट केकका रूपमा भित्रिएको शैली हो ।

गत वर्ष जस्तै यस पटक पनि वान पिसको बजारमा यथावत् रहनेछ । यसपटक ए लाइनको तथा फ्लेयर भएका नि–लेन्थका वान पिस फेसनमा रहनेछन् । समरका कारण प्रिन्टेड वान पिस, एल्लो, ग्रिन, लाइट पिंक, चकलेट पिंक, बेबी पिंक फेसनमा रहनेछन् । यसपटक टिनएजरहरूका लागि टु पिस स्कर्ट तथा टप्स चल्नेछन् । यो उमेरकाले बढी फ्लेयर भएका टप्स तथा स्कर्ट बढी रुचाउने छन् । रफल्स टप्स र स्कर्ट, रफल्स टप्स र हाफ पाइन्ट आदि पनि फेसनमा रुचाइनेछ । टिनएजरका लागि सी ग्रिन, अफ ह्वाइट तथा ह्वाइट कलर बढी प्रयोग हुनेछन् ।

जिन्स कहिल्यै फेसनबाट नबाहिरिने आउट फिटमध्ये एक हो । यद्यपि जिन्सको फेब्रिक र डिजाइनमा भने हरेक वर्ष परिवर्तन आइरहेको हुन्छ । यो वर्ष डे टु डेका लागि जिन्स जस्तो देखिने पातलो समर जिन्स फेसनमा रहनेछ । पहिलेको बाक्लो जिन्सको ठाउँमा समर जिन्स पाइन्ट तथा जिन्स सर्ट सबैले रुचाउनेछन् । फिटिङभन्दा लुज सर्ट तथा लामो टिसर्ट पनि उत्तिकै मन पराइनेछ । टिनएजरहरूले पनि फिटिङ जिन्सभन्दा वेस्टर्नमा चलिआएको फेसनअनुसार लुज फिटिङतर्फ नै आकर्षित हुने देखिन्छ । जिन्सको साटो लाइक्राका पाइन्ट पनि फेसनमा रहने छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७