एचआईभी संक्रमितको विर्य निल्दा एचआईभी हुन्छ कि हुँदैन ?


३० बैशाख २०७५, आईतवार
hivads

काठमाडौं, ३० बैसाख । एचआईभी संक्रमितको शुक्रकिट र एचआईभी, तपाईंको प्रश्नको जवाफ दिइहाल्नु भन्दा पहिले विभिन्न यौन क्रियाकलाप र त्यसको एचआईभी सर्ने जोखिमका बारेमा कुरा गरौं ।hivads

यौन क्रियाकलाप र एचआईभी सर्ने जोखिम – यौन सम्पर्कवाट एचआईभी सर्ने कुरा धेरैलाई थाहा भएकै हो, तर यहाँ विभिन्न यौन क्रियाकलापअनुसार एचआईभी सर्ने जोखिम पनि फरक–फरक हुन्छ । सामान्यतः यस्तो जोखिम विशेष गरी हाम्रो शरीरबाट निस्कने तरल वस्तुको प्रकार र त्यसको सम्पर्कमा कत्तिको आइन्छ भन्ने आधारमा गरिन्छ ।

१) हाम्रो शरीरको तरल पदार्थ एक–अर्काको सम्पर्कमा नआउने किसिमको क्रियाकलापमा एचआईभी सर्ने सम्भावना हुँदैन, त्यसैले त्यसलाई जोखिम नभएको मानिन्छ । सुख्खा चुम्बन, अन्य कुनै चिल्लो पदार्थ प्रयोग गरेर साथीले गरिदिएको हस्तमैथुन वा स्वस्थ छालामा दिसा वा पिसाबको सम्पर्क यसका उदाहरण हुन् ।

२) अर्को थरी जसमा सैद्धान्तिक रूपमा एचआईभी सर्ने सम्भावना भए पनि वास्तविक रूपमा एचआईभी सरेको कुनै घटना नभए त्यसलाई सैद्धान्तिक जोखिम भनिन्छ । थूकको सम्पर्क हुने गरी गरिने चुम्बन, कन्डम लगाएर गरिएको मुखमैथुन, औंला यौनांगमा पसाउनु, यौनांगबाट आएको रसको सम्पर्कमा आउने गरी साथीबाट गरिएको हस्तमैथुन यसका उदाहरण हुन् ।

३) रगत, वीर्य वा योनी रसको सम्पर्कमा आइने भए पनि थोरैलाई मात्र यसरी सर्ने गरेको देखिएको यौन क्रियाकलापलाई कम जोखिमपूर्ण भनिन्छ । कन्डम नलगाई गरिएका मुखमैथुन वा कन्डम लगाई गरिएका योनी तथा गुदामैथुन यसका उदाहरण हुन् ।

४) रगत, वीर्य वा योनी रसको सम्पर्कमा आइने र धेरैलाई सर्ने गरेको देखिएको यौन क्रियाकलापलाई धेरै जोखिम पूर्ण भनिन्छ । कन्डम नलगाई गरिएका योनि तथा गुदामैथुन यसका उदाहरण हुन् ।

के एचआईभी भएको व्यक्तिको शुक्रकीट निल्दा के एचआईभी हुन्छ ? – पहिलो कुरा त शुक्रकीट भन्नु भए पनि वीर्य भन्नु भएको हुनुपर्छ । वीर्य र शुक्रकीट फरक कुरा हुन्, तर यो पक्कै हो कि वीर्यमा शुक्रकीट हुन्छ । एचआईभी हुन्छ कि हुँदैन भनेर सोध्नु भए पनि तपाईंको जिज्ञासा एचआईभी संक्रमित व्यक्तिको व्यक्ति वीर्य निल्दा निल्ने व्यक्तिलाई एचआईभी सर्छ कि सर्दैन भन्ने हो भनेर जवाफ दिने प्रयास गरेको छु ।

माथि चर्चा गरिएका यौन क्रियाकलाप र त्यसको एचआईभी सर्ने जोखिमबारेमा पढेपछि तपाईंले पक्कै पनि आफ्नो क्रियाकलापलाई कत्तिको जोखिममा पर्दो रहेछ भन्ने कुरा थाहा पाइसक्नु भयो होला । एचआईभी पेटमा पुगेपछि त्यहाँको एसिडको सम्पर्कमा आउँदा बाँच्ने स्थिति नै रहँदैन, तर यहाँ विचार गर्नुपर्ने अर्को कुरा छ । तपाईंले कचौरा वा चम्चामा राखिएको वीर्यपान गर्नु भएको त पक्कै पनि होइन होला भन्ने ठानेको छु । वीर्यपान गर्ने स्थिति सामान्यतः मुख मैथुन गर्दा आउँछ । मुख मैथुन भन्नाले निम्न सबै प्रकारका मुखमैथुनलाई बुझ्नुपर्छ

१) लिङ्ग–मुख मैथुन,

२) योनी–मुख मैथुन

३) गुद्द्वार–मुख मैथुन ।

तर तपाईंले भन्नु भए जस्तो स्थिति लिङ्ग–मुख मैथुन गर्दा आउँछ । वीर्य मुखमा रहँदा यसमा भएको एचआईभी सर्न सक्ने भएकाले थोरै भए पनि सर्ने सम्भावना हुन्छ । विशेष गरेर मुखमा कुनै चोट पटक, घाउ वा गिजासम्बन्धी रोग छ भने सर्ने सम्भावना बढी हुन्छ ।

कसरी मुख मैथुनलाई सुरक्षित बनाउन सकिन्छ ?

– लिङ्ग–योनि मैथुनलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर धेरै चर्चा गरिए पनि लिङ्ग–मुख मैथुनलाई सुरक्षित कसरी बनाउने भन्ने सन्दर्भमा भने कमै चर्चा भएको पाइन्छ । यहाँ केही मुख्य सावधानीका बारेमा चर्चा गरौं ।

मुखमा चोट पटक वा घाउ छ भने मुख मैथुन गर्नु हुँदैन ।  त्यसैगरी गिजाको कुनै रोग वा त्यसबाट रगत आउने वा सुन्निएको छ भने पनि मुखमैथुन गर्नु भएन । यौन साथीको लिङ्गमा कुनै घाउ छ भने पनि त्यसको सम्पर्कमा आउने कार्य गर्नु हुँदैन । मुख मैथन गर्नुअघि दाँतलाई फ्लस गर्ने वा दाँत माझ्ने गर्नु हुँदैन । वीर्यलाई मुखमा धेरै बेर राख्नु उचित हुँदैन, यसले सर्ने सम्भावनालाई बढाउँछ । कन्डमको प्रयोग गर्नु राम्रो हुन्छ । अचेल मुख मैथुनको लागि भनेर सुगन्धित कन्डम पनि पाइन्छन् । डा. राजेन्द्र भद्रा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७