टेलिकमको नाफा ९ महिनामा १२ अर्ब


३० बैशाख २०७५, आईतवार
Ntc Head office Building
फाइल तस्बिर

काठमाडौं, ३० बैसाख । नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब ३२ करोड १८ लाख १९ हजार रुपैयाँ मुनाफा गरेको थियो । यस अवधिमा कम्पनीले ४.७२ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको जनाएको छ ।

Ntc Head office Building
नेपाल टेलिकमको कार्यालय । तस्विर : फाइल

कम्पनीले गत साउनदेखि चैत मसान्त सम्मको वित्तीय विवरण हालै सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ अर्ब ८६ करोड ८९ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थियो । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ३ प्रतिशत बढी आम्दानी गरेको हो ।

समीक्षा अवधिमा कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार र अन्यबाट ४ अर्ब ४६ करोड ११ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीको सेवा विक्रीबाट २९ अर्ब ७४ करोड ९४ लाख ६३ हजार र अन्यबाट ३ अर्ब ११ करोड ९४ लाख ५४ हजार रुपैयाँ आम्दानी भएको थियो । कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । जगेडा कोषमा ७९ अर्ब ६९ करोड ५ लाख १५ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १०५.३९ रुपैयाँ छ ।

यसले गर्दा सेवा विक्रीको आम्दानीमा अस्थायी रुपमा प्रभाव पर्न गएको छ । हालको अवस्थामा बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या घट्दै जाँदा र भाइबर, स्काइप, म्यासेन्जर जस्ता ओटीटी सेवाको प्रभावका कारण अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी घटिरहेको छ । तर पनि, हाल कम्पनीको आर्थिक अवस्था सन्तोषजनक प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । हाल सेवाग्राहीहरुको चाहना भ्वाइस भन्दा डाटा सेवातिर बढिरहेको देखिएको छ ।

साथै कम्पनीले हालको तीब्र प्रतिष्पर्धात्मक दूरसञ्चार बजारमा अग्रणी रहन सेवाग्राहीको माग तथा रुचीअनुरुप आकर्षक भ्वाइस तथा डाटा प्याकेजहरु ल्याउनुका साथै समयानुकूल शुल्कमा परिमार्जन गर्दै आइरहेको जनाएको छ । आगामी दिनमा समेत कम्पनीको आर्थिक अवस्था मजबुत बनाउनका लागि कम्पनीले डाटा सेवा व्यापक रुपमा विस्तार गर्न फाइवर टु दि होम, फोर जी सेवाको विस्तार लगायतका विभिन्न कार्यक्रम अघि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७