भारतमा ३० वर्ष काम गरेको अनुभव नेपालमै सदुपयोग गरिरहेको छु : तेजेन्द्र खड्का


३१ बैशाख २०७५, सोमबार
Tejan khadga tens barg Beer
????????????????????????????????????

तेजेन्द्र खड्का नेपाल टाइगर बु्रअरी इण्डष्ट्रिजका प्रवन्ध निर्देशक हुन् । बुटवलमा मुख्य उद्योग रहेको ब्रअरी उद्योगको उत्पादन अहिले देश–विदेशमा लोकप्रिय भइरहेको छ । भारतको अध्ययन, जागिर र मदिरा उद्योगको ३० औं वर्षको अनुभव बोकेका खड्का अहिले आफ्नो लामो समयको अनुभव नेपालमा सदुपयोग गरिरहेका छन् । उनले वियर उत्पादन उद्योग सञ्चालन गरेर आफू मात्र उद्योगी बनेका छैनन् झण्डै ५ सय जनालाई रोजगारी समेत दिइरहेका छन् । ठूलो लगानीमा सञ्चालित यस उद्योगी स्वदेशी उद्योग समेत हो । व्यावसायिक सोंच र लगनशिलता भए नेपालमै उद्योग सञ्चालन गर्न सकिन्छ र देशलाई परनिर्भरताबाट जोगाउन सकिन्छ भन्ने उदाहरण बनेका उद्योगी तेजेन्द्र खड्कासँग नयाँपेजका लागि प्रविन कुलुङ रार्इले गरेको कुराकानी :

Tejan khadga tens barg Beer

१. तपाई कहाँ र कस्तो परिवारमा जन्मिनु भयो ?
म बाग्लुङमा जन्मिएको हुँ । मेरो जन्म ठिकै परिवारमा भएको हो ।

२. बाल्यकाल कसरी बित्यो ?
मेरो घर दुर्गम क्षेत्रमा थियो, शिक्षाको अवस्था पनि राम्रो थिएन । हाम्रो गाउँमा तीन कक्षासम्मको मात्र स्कुल थियो । त्यहि पढियो । त्यसपछि शिक्षाकै लागि इण्डिया लागियो । इण्डियामा शिक्षा लिएपछि झण्डै ३० वर्षपछि नेपाल फर्किए ।

३. उद्योगसम्बन्धी काम चाहिं कहाँ–कहाँ गर्नुभयो तपाईले ?
इण्डियामै पहिला हामीले रिटेलोहरुको काम गर्यौ । गभर्मेण्ट जव गरियो । अनि विजनेश गर्ने इच्छा जाग्यो । इण्डियामै विजनेश पनि गरियो । पछि विजनेश पनि छोडेर धेरै वर्ष बसेपछि नेपालमै गएर आफै देशमा केहि गर्नुपर्छ भन्ने लागेपछि नेपाल आइयो ।

४. अनि पढाइ चाहिं कतिसम्म गर्नुभयो ?
मैले पढाइ चाहीं १२ पास गरें । ग्रयाजुएसन चाहीं गरिंन ।

५. अनि यो उद्योग चाहिं कहिलेदेखि शुरु गर्नुभयो ?
हामीले सन् १९९८ देखि भारतमा उद्योग शुरु गरेका हौं । नेपालमा पनि सन् २००४ देखि उद्योग शुरु गर्‍यौं ।

६. उद्योग खोल्ने सपना कसरी देख्नु भयो र योजना कसरी बनाउनु भयो ?
भारतमा उद्योग खोलिरहेका बेला त्यहाँ नेपालीहरुलाई अलि कमजोर स्थितिमा देखें, त्यो बेला नेपालीहरु भारतमा धेरैजसो भाँडा धुने जस्ता अति तल्लो तहको काममा हुन्थे । कोही एकाध पुलिसमा र केहि फौजमा हुन्थे । मलाई चार्ही नेपालीले चाह्यो भने केहि उद्योगहरु चलाउन सक्छन् भन्ने लाग्थ्यो र यहि सोंचले उद्योग शुरु गरें । इण्डियामा पहिला म पुलिसमा भर्ती भएको थिएँ, त्यो मलाई मन परेन । त्यहाँ पनि म बहादुर नै भएँ । अनि सरकारी जागिरमा लागे), त्यो पनि मन परेन । त्यसपछि मैले आफ्नै विजनेश गर्नुपर्छ भनेर रक्सीको दोकान चलाउन थाले । एउटाबाट शुरु गरेको विजनेश दोस्रो साल पाँच, तेस्रो साल १० हुँदै अढाई सय जति पसल खोलियो । सन् १९९४ मा हामीले साढे १७ सय करोड त सरकारलाई ट्याक्स बुझाउनेसम्मको कारोबार गरियो । कारोबारसँगै साथीभाइ पनि बढ्दै गए । पैसा प्रशस्त भएका साथीभाइको सहयोगमा पनि व्यापारलाई बढाउँदै लगियो । यसरी नै अघि बढिरहेको छु भनौं न ।

इण्डियामा पहिला म पुलिसमा भर्ती भएको थिएँ, त्यो मलाई मन परेन । त्यहाँ पनि म बहादुर नै भएँ । अनि सरकारी जागिरमा लागे), त्यो पनि मन परेन । त्यसपछि मैले आफ्नै विजनेश गर्नुपर्छ भनेर रक्सीको दोकान चलाउन थाले ।

७. अहिले तपाईहरुको उद्योगमा के–के उत्पादन हुन्छन् त ?
अहिले हाम्रो उद्योगमा तीन वटा ब्राण्ड उत्पादन हुन्छ । टेन्सवर्ग, नेपाल टाइगर र लण्डन आइस ।

८. यी वस्तु अहले तपाई नेपालमै उत्पादन गरिरहनु भएको छ । नेपालमा यसको बजार चाहीं कस्तो छ ?
नेपालमा यी उत्पादनहरुको बजार राम्रो छ । अझ भनौं भारतमा भन्दा नेपालमा यी उत्पादनको बजार राम्रो छ । भारतमा भन्दा यहाँ ‘कन्जप्सन’ धेरै छ । जनता यहाँ अढाई करोड भए पनि डेढ करोड पेटी वियर सालमा बिक्छ । तर, यहाँ कम्पिटिसन चार्ही धेरै भयो । नयाँ–नयाँ फ्याक्ट्रीहरु आए । धेरै फ्याक्ट्रीहरु आउँदा पनि हाम्रो राम्रो नै छ । भर्खर हामीले इण्डिया सप्लाई पनि शुरु गरेका छौं । दुबईमा पनि हाम्रो उत्पादन गईरहेको छ । यसलाई राम्रै भन्नु पर्छ ।

९. नेपालमा धेरै ब्राण्डका वियर उत्पादन भइरहेका छन्, भारतबाट पनि उतिकै आउँछ । तपाईहरुले उत्पादन गरिरहेको टेन्सवर्ग वियरको विशेषता चाहीं के हो ?
एक्चुअल्ली टेन्सवर्ग वियर स्वदेशी भयो, यसले रोयल्टी तिर्दैन । रोयल्टी नतिर्दाखेरी देशको लागि धेरै ठूलो योगदान गरिरहेको छ । अरु देशका ब्राण्डहरु यहाँ आउँदा लगभग आठ सयदेखि हजार करोड रोयल्टी बाहिर जान्छ । तर, टेन्सवर्ग वियरले नेपाललाई रोयल्टीमुक्त गराएको छ । त्यो रकम तिर्नु पर्दैन । स्वदेशी वियर हो । क्वालिटीमा पनि कुनै सम्झौता छैन । यसको मौलिकता नै नेपाली हो भनेर बुझ्दा हुन्छ । विदेशमा पनि टेन्सवर्गलाई एकदम रुचाइएको छ । क्लालिटीमा हामीले ध्यान दिएका छौं । सुगर फ्री छ । वियर केबाट खाने भनेर नेपाली जनताले सिक्दैछन् । कतिपय कम्पनीले सुगर हालेर पनि वियर बनाएका छन्, तर, टेन्सवर्गले आफ्नो उत्पादनमा सुगर हालेको छैन । बजारमा कडा प्रतिष्पर्धा गर्नुपरेकाले बजारमा अलि पहुँच पु¥याउन सकेका छैनौं ।

Tejan khadga tens barg Beer1 1 copy
तेजेन्द्र खड्का

१०. उपभोक्ताहरुबाट चाहीं तपाईहरुको उत्पादनप्रति कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
अँ हामीहरुले एउटा मार्केट सर्भे गरेका थियौं, सर्भे गर्दाखेरी हाम्रो पहुँच जहाँसम्म छ, जस्तो अहिले फाइभ स्टार, फो स्टार, थ्रि स्टार जस्ता होटलहरुमा, एयरलाइन्सहरुमा, एअरपोर्टहरुमा पनि हामीले पहुँच पुर्‍याएका छौं । ८० प्रतिशत मान्छेले टेन्सवर्ग खायो भने टाउको दुख्दैन, अरु ब्राण्ड खायो भने विहान टाउको दुख्छ भन्ने गरेको पाएका छौं । यस्तै टेन्सवर्ग अरु भन्दा धेरै राम्रो रहेछ, हामीले चिन्न सकेका रहेनछौं, भर्खर नयाँ ब्राण्ड आएको छ भन्ने खालका प्रतिक्रियाहरु पाएका छौं ।

११. नेपालका कुन–कुन जिल्लामा तपाईहरुको उत्पादनको डिलर छ ?
अल नेपाल नै हाम्रो उत्पादनको डिलर छ ।

१२. अनि उपभोक्ता अर्थात विक्रेताले तपाईहरुको उत्पादनको डिलर लिन चाहे कहाँ सम्पर्क गर्नुपर्छ ?
हाम्रो वेभसाइड छ, यसमा सम्पर्क गर्नुभयो भने सबैभन्दा सजिलो हुन्छ । हामीले वेभसाइडमै पनि धेरै चिन्हहरु राखिदिएका छौं, यी अप्सन प्रयोग गरेर पनि हामीसँग सम्पर्क कायम गर्न सक्नु हुनेछ ।

१३. तपाईको विचारमा नेपालमा उत्पादित उत्पादनहरुलाई सरकारले कतिको प्रोत्साहन गरेको छ ? र प्रोत्साहनका लागि के गरोस् भन्ने लाग्छ ?
नेपाल सरकारले रक्सी–वियर कम्पनी विदेशीको हातमा दिनु हुँदैन । यस्ता उद्योग स्वदेशीलाई नै दिनुपर्छ । किनभने रक्सी–वियरले पनि स्वास्थ्यको दृष्टिकोणमा धेरै नोक्सानी गरेको हुन्छ । रक्सी वियरमा मान्छे धेरै समय रमाइरहेको पनि हुनसक्छ । नेपालमा त ३६५ दिनमध्ये झण्डै १६५ दिन त चाडबाड नै छ । यसैले रक्सी नेपालीहरुले धेरै नै सेवन गर्ने भएकाले नेपालबाट हजारौं करोड बाहिरिइरहेको छ । विदेशी ब्राण्डलाई नेपालमा अनुमति दिंदा पनि अलि ट्याक्स बढी लिइनु पर्छ । नेपालीलाई अन्तशुल्क ८९८ छ भने उनीहरुलाई १०९८ गरेर दिंदा पनि नेपाली उत्पादनहरु अगाढि बढ्थ्यो भने नेपाली उद्योग र उद्योगीहरुले ठाउँ पनि पाउँथे । रक्सी, वियर र वाइन उत्पादनको कुरा गर्दा कुनै कुनै कन्ट्रीले अरु देशलाई अनुमति दिंदैन ।

नेपालले पनि यस कुरामा अलिकति विचार पुर्‍याउनु पर्छ । रक्सी वियरले पनि धेरै पैसा विदेश जाने भएकाले झण्डै हामी खाली जस्तो भएका छौं । सरकारले विदेशी लगानी कति हो त्यसकै आधारमा ट्याक्स निर्धारणको नीति लिनु पर्छ नत्र देशलाई धेरै क्षति हुन्छ । अढाइ करोड जनताले हरेक दिन खानु र १२ लाख मानिसले वर्षमा एक पटक खानुको फरक बुझ्नु पर्छ । यसैले सुर्तीजन्य र रक्सीजन्य उद्योग विदेशीको हातमा दिनै हुन्न, यो देशका लागि ठूलो घाटाको विषय हो । यदि दिनै परे पनि त्यसमा लाग्ने कर स्वदेशी र विदेशीका लागि फरक हुनुपर्छ । नेपालमा यो सराबरी छ । यो नेपाल सरकारले हटाउनु पर्‍यो । सरकारको अहिलेको नीतिले नेपाली उद्योगलाई विदेशीसँग कम्पिटसन गर्ने वातावरण छैन । यसलाई पुनर्विचार गरिनु पर्छ ।

१४. तपाईहरुको उत्पादन विदेश चाहीं कुन कुन ठाउँमा पुगिरहेका छन् ?
हाम्रो उत्पादन दुवई पुगिरहेको छ । त्यहाँ हामीले निरन्तर उत्पादन पुर्‍याएका छौं । भारतमा चाहीं बल्ल अब शुरु भएको छ ।

१५. विदेशमा कसैले तपाईको डिलर बन्न चाहे कसरी सम्पर्क गर्ने ?
हाम्रो वेभसाइड छ, यसमा सबै सम्पर्कको सहजता छ । कतिपय ठाउँबाट यस्तो प्रस्ताव आइरहेका पनि छन् । अलि फरक कुरा गरौं, नेपालमा अहिलेको सरकारले आर्थिक समृद्धि र विकासको नारा लिएर अगाडि बढिरहेको छ ।

१६. देशमा के गरोस् जस्तो लागिरहेको छ ?
अहिलेको सरकार पाँच वर्ष निर्धक्क चल्ने भनिएको छ, यो राम्रो कुरा हो । नेपाल सरकारले नेपालमा गर्नुपर्ने र गराउनु पर्ने कुरा के हो त भन्दाखेरी नेपालले विद्युत उत्पादनमा बढि ध्यान दिनुपर्छ । विद्युत उत्पादनमा धेरै ध्यान पुर्‍यायो भने हाम्रो देश समृद्ध हुन्छ । जनताले पनि सुख पाउँछन् । हर घरले विजुली उत्पादन गर्नुपर्छ भनेर एउटा अभियान चलाउनु पर्छ, जय जवान, जय किसान भनेर नारा दिनु पर्‍यो । किसानलाई जगाउँदै यहि उत्पादन गरेर उपभोग गर्दै बाहिर निर्यात गर्ने वातावरण बनाउन सरकार लाग्नु पर्छ । युवालाई विदेश पठाउने होइन, यहि मेहेनत गर्ने वातावरण पनि सरकारले बनाई दिनुपर्छ । चामल घ्यू, तेललगायतका वस्तु आयात होइन निर्यात गर्ने अवस्थामा पुग्नु पर्छ । सरकारले सुत्केरी, वृद्ध भत्ता दिने भन्दा पनि हरेक घरलाई विजुलीमा शेयर दिनु पर्छ । यसले देशका उद्योगमा नागरिकलाई जोडाई दिन्छ र लाभ पनि बढि दिन्छ । यसरी उत्पादन भएको विजुलस् हामी भार, चीन, जापानमा बेच्न सक्छौं । पहिला सरकारले कामको प्राथमिकता छुट्याएर काम गर्नुपर्छ । पहिला आम्दानीको स्रोत बढाउने काममा सरकार लाग्नु पर्छ त्यसपछि शिक्षामा लाग्नु पर्छ । सक्षिप्तमा भन्दा पहिलो विजुली, दोस्रोमा किसान, तेस्रो विकास निर्माण, शिक्षा र त्यसपछि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्दै जानु पर्छ ।

१७. प्रधानमन्त्रीमा केपी शर्मा ओली आएपछि देशमा तपाईहरु जस्ता उद्योगीहरुलाई लगानीको वातावरण बन्यो कि बनेको छैन जस्तो लाग्छ तपाईलाई चाहीं ?
नेपालमा सरकारले विदेशी उद्योग ल्याउने, आउने भन्ने कुरा राम्रो हो । त्यसमा के हुनुपर्छ भने मार्के हुनुपर्छ । हामी दुई ठूला र शक्तिशाली देश भारत र चीनको बीचमा छौं । अब उनीहरुलाई सरकारले हाम्रो देशमा उद्योग धन्दा खोल अनि तिम्रो देशमा हाम्रो उत्पादनको मार्केटिङ गरिदेउ भन्नु पर्‍यो । उनीहरुलाई हामीले आह्वान गर्नुपर्छ । हामी जनशक्ति दिन्छौं पनि भन्नु पर्छ । यसो गर्दा वर्षेनी हजारौंको संख्यामा खाडी जाने भाइ बहिनीहरुले स्वदेशकै राजगारी पनि पाउँछन् । अहिलेको सरकारले त्यो काम गर्न जरुरी छ । यो सरकारले पनि त्यो गरेन भने उद्योग खोलेर मात्र केहि हुँदैन, हाम्रो मार्केट चाहीं खोई ?

देशसँग विश्वासिलो वातावरण र नीति बने पाँच वर्षमा नेपालले मुहार फेर्छ । अहिलेको जस्तो यता काम गर्दा उता रिसाउने, उता हुँदा यता रिसाउने तरिकाले काम गरेर हुँदैन ।

१८. तपाईको नजरमा नेपाल परनिर्भर हुनुमा के सरकारकै दोष हो त ?
सबै क्षेत्रमा नीति नियम बनाउँदा र विदेशी लगानी भित्र्याउने सन्दर्भमा पनि उच्च विचार राखेर अघि बढ्नु पर्छ । देशको स्थिति र परिस्थिति हेरेर गर्नुपर्छ । भारतले तेल दिएन भने भएका उद्योग पनि चल्न सक्ने अवस्था छैन, नेपालमै पर्याप्त विद्युत उत्पादन छैन, बाटो बन्द गरिदियो भने जाने ठाउँ छैन । यसैले उद्योग धन्दा चलाउन पूर्ण वातावरण छैन । यस्तो अवस्थामा दुबैतिरको मार्केटलाई मध्यनजर गरेर नीति बनाइनु पर्छ । यस्तो वातावरण बनाउन सकेको खण्डमा यी दुई तीन देशले केहि कम्पनी मात्र ल्याई दिए भने पनि हाम्रो देश एकदम माथि पुग्छ । यी देशसँग विश्वासिलो वातावरण र नीति बने पाँच वर्षमा नेपालले मुहार फेर्छ । अहिलेको जस्तो यता काम गर्दा उता रिसाउने, उता हुँदा यता रिसाउने तरिकाले काम गरेर हुँदैन ।

१९. उसो भए नेपालमा उद्योग धन्दामा लगानीको वातावरण बनेकै छैन भन्न खोज्नु भएको हो ?
हो, लगानीको वातावरण एकदमै बनेको छैन । नेपालमा विजुली छैन, उताबाट डिजेल रोकियो भने नेपालमा यहाँ उद्योग बन्द हुन्छ । त्यहाँ चार दिन कच्चा पदार्थ रोकियो भने यहाँ फ्याक्ट्री बन्द हुन्छ । उद्योगको बारेमा त सबैभन्दा पहिलो कुरा नै विजुली हो । मैले भने नि जब घर घर र किसानमा जोड नदिएसम्म हुँदै हुन्न । दलाललाई बेचेर अहिले हाम्रो देशै दलालको हातमा छ, अनि कहाँबाट हुन्छ ? यसमा सरकार गम्भिर बन्नु पर्छ ।

२०. देश निर्माणमा तपाईहरु जस्तो उद्योगी व्यवसायीहरुको भूमिका चाहीं के र कस्तो रहन्छ ?
विभिन्न देश घुमियो, वातावरण बुझियो, तर देश भनेको आमा हो । यससँग हाम्रो गहिरो सम्बन्ध छ । यसैले सकेको काम यहिं गर्नुपर्छ । उद्योगी व्यवसायीहरुले पनि उद्योग अनुसार कर सरकारलाई तिर्नु पर्छ । यसमा उद्योगीहरु इमान्दार बन्नु पर्छ । यस्तै लगानी गरेका उद्योगीहरुको सबैखाले सुरक्षा सरकारले पनि दिनुपर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७