जानकी मन्दिरमा राष्ट्रिय झण्डा बिगारिएकोमा संघीय मामिला मन्त्री लालबाबुले मागे ३ दिने स्पष्टिकरण


३१ बैशाख २०७५, सोमबार
lalbabu pandit

प्रबिन कुलुङ राई

काठमाडौं, ३१ बैसाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जानकी मन्दिरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको आकार र स्वरुप फरक भएकोबारेमा सम्वद्ध अधिकारीहरुसँग स्पष्टिकरण मागेको छ ।lalbabu pandit

संघीय मामिलामन्त्री लालबाबु पण्डितले राष्ट्रिय झण्डाको स्वरुप र आकार फरक पारेर राखिनु गम्भीर गल्ती र संविधान विपरीत रहेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव राजेश्वरमान सिंह, २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञबहादुर खत्री, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली तथा जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्री पण्डितले मन्त्रिस्तरीय निर्णय गर्दै तीन दिने स्पष्टिकरण सोधेको हुन् ।

दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने स्थानमा राखिएको नेपालको झण्डाको स्वरुप र आकार किन फरक भयो भनेर चार वटा सरकारी निकायका अधिकारीहरुसँग तीन दिने स्पष्टिकरण मागिएको मन्त्री पण्डितका स्वकीय सचिव वसिम आलमले जानकारी दिएका छन् ।
उनका अनुसार प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, धनुषका प्रमुख जिल्ला अधिकारी र जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टिकरण मागिएको छ ।

स्पष्टिकरणमा भनिएको छ–दुवै देशका प्रधानमन्त्रीबाट सम्बोधन गर्ने कार्यक्रममा राखिएको नेपालका राष्ट्रिय झण्डको आकार र स्वरुप नेपालको संविधानको अनुसूचीमा रहेको आकारमा नभई फरक आकार र रुपमा देखिन आएको छ । निर्धाति स्वरुपभन्दा फरक आकारमा झण्डा कसरी प्रयोग भयो ? भ्रमण व्यवस्थापनमा संलग्न कर्मचारीको हैसियतमा तपाई समेत जिम्मेवार हुने भएकाले के कसरी कसको लापरवाहीले भएको हो, ३ दिनभित्र स्पष्टिकरण पेश गर्नु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७