आत्महत्या गर्न पाइलटले आफूसँगै लिए २३९ जनाको ज्यान, यस्तो खुल्यो रहस्य


३१ बैशाख २०७५, सोमबार
nintchdbpict000077114785

काठमाडौं, ३१ बैसाख । एमएच ३७० फ्लाइट नम्बरको मलेसियन एअरको हराइरहेको जेट विमानका चालकले जानीजानी राडार बन्द गरेको खुलासा भएको छ ।nintchdbpict000077114785

विज्ञहरुले विमान दुर्घटनाका कारण रहस्यमय ढंगले बेपत्ता भएको हुनसक्ने सम्भावना अति नै न्यून रहेको र चालक जहारी अहमद शाहले उदेश्यपूर्ण हिसावले विमान पड्काएको जनाएका छन् । आत्महत्या गर्ने उद्देश्यले पाइलटले चालकदलसहित २३९ यात्रुको ज्यान लिएको विज्ञहरुले बताएका छन् ।

विमान ४ वर्षअघि मार्च महिनामा क्वालालम्पुरबाट चीनको बेइजिङको नियमित उडानका क्रममा रहस्यमय ढङ्गले आकाशबाटै बेपत्ता भएको थियो । यसको कारण भने लामो समय रहस्यमय नै थियो । चालक जहारीले विमान हराएपछि नभेटियोस् भन्नका लागि जानीजानी केही घण्टाअघि राडार बन्द गरेको तथ्य फेला परेको जानकारहरुले बताएका छन् ।

विज्ञहरुका अनुसार शाहले राडारले पत्ता नलगाओस् र विमान कुनै दुर्गम स्थानमा दुर्घटना भएको देखाउनका लागि धेरै पटक विभिन्न प्रकारको गतिहरुको प्रयोग गरेका थिए । साथै सैनिक राडारले समेत थाहा नपाओस् भनेर उनले थाइल्याण्ड र मलेसियाको सीमामा धेरै पटक विभिन्न दिशामा उडाएका थिए ।उनले अन्तिम बिदाईका लागि आफ्नो घरमाथिबाट पनि विमानलाई मोडेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७