अन्तर्राष्ट्रिय सोतो कराँते प्रतियोगितामा ३ सय जनाले भाग लिने


३१ बैशाख २०७५, सोमबार
karate 3

काठमाडौं, ३१ बैशाख । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ नेशनल सोतो कराँते डो एशोसिएसन, नेपालले प्रथम ए.पी.एफ. अन्तर्राष्ट्रिय आमन्त्रण सोतो कराँते प्रतियोगिताको आयोजना गर्न भएकाे छ । कार्यक्रम आगामी जेठ ११ र १२ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा भएकाे हाे ।

karate 3

प्रतियोगितामा नेपाल लगायत सोतो कराँतेलाई खेलकूदको अभिन्न बिधामा राख्ने नेपाल, भारत, जापान, श्रीलंका, पाकिस्तान र बंगलादेशका प्रशिक्षक, खेलाडी, अफिसियल र स्वयंसेवक गरी करिब ३ सय जनाको सक्रिय सहभागिता रहने एशोसिएसनले जनाएको छ ।

नेपालका तर्फबाट सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका खेलाडीहरुले वल्र्ड कराँते फेडेरेसनको नियम अनुसार विभिन्न तौल समूहमा रहेर प्रतिष्पर्धा गर्नेछन् ।

नेपालको कराँतेको इतिहासमा सबैभन्दा ठूलो धनराशी पुरस्कारको व्यवस्था गर्दै आयोजना गर्न लागिएको यस प्रतियोगिताले नेपाललाई खेलको माध्यमबाट थप परिचित गराउन मद्दत पुग्ने विश्वास एशोसिएसनले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७