नेताका स्मृति प्रतिष्ठानलाई सरकारले बाँड्यो ५५ करोड, कुन नेताका स्मृति प्रतिष्ठानले कति पाए ? (सूचीसहित)


३१ बैशाख २०७५, सोमबार
toursiom 1

माधव पौडेल
काठमाडौं, ३१ बैशाख । सरकारले दिवंगत नेताका प्रतिष्ठानलाई ५५ करोड रुपैयाँ बितरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिवंगत नेता र आन्दोलनका क्रममा शहीद भएकाहरुको नाममा खुलेका प्रतिष्ठान र केही संस्थाहरुलाई ५५ करोड अनुदान दिने निर्णय गरेको छ । नेताका नाममा खुलेका स्मृति प्रतिष्ठानका लागि सरकारले ६० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

toursiom 1फाइल तस्बिर ।

यही हप्ता गरेको निर्णयमा गीत संगीतका क्षेत्रमा योगदान गर्ने र नेपालको एकीकरण गर्न योगदान गर्ने अमरसिंह थापाका नाममा खुलेका प्रतिष्ठानलाई पनि रकम दिएको छ ।सबैभन्दा धेरै अनुदान पाउनेमा एमाले, कांग्रेस, माओवादी र मधेशवादी नेता र तिनका प्रतिष्ठान छन् । संभावित विरोधलाई ध्यानमा राखी केपी शर्मा ओली सरकारले नेपाली कांग्रेसका सबै नेताका नाममा खुलेका प्रतिष्ठानलाई अनुदान दिएको छ । अनुदान पाउनेमा ज्यापु समाज, आरोहण, सर्वनाम थियटर, दाफा महोत्सव जस्ता केही संस्थाहरु पनि छन् । अनुदान पाउने नेताका स्मृति प्रतिष्ठान र संस्थाहरु ७६ वटा छन् ।

सबैभन्दा बढी अनुदान पाउने मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारी मोरङले ३ करोड रुपैयाँ पाएको छ । मदन भण्डारी फाउन्डेसन गौशालालाई २ करोड ५० लाख दिइएको छ । जननायक वीपी कोइराला स्मृति ट्रष्ट(वीपी विचार समाज, वीपी चिन्तन प्रतिष्ठान)लाई २ करोड ५० लाख रुपैयाँ अनुदान दिइएको छ । गणेशमान सिंह फाउन्डेसनलाई २ करोड ५० लाख रुपैयाँ, सन्तनेता कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठान सानेपालाई २ करोड ५० लाख रुपैयाँ, मनमोहन अधिकारी स्मृति प्रतिष्ठानलाई २ करोड ५० लाख रुपैयाँ दिइएको छ ।

१ करोड ५० लाख रुपैयाँका दरले सरकारको रकम पाउनेमा गजेन्द्रनारायण स्मृति प्रतिष्ठान, सहना प्रधान स्मृति प्रतिष्ठान छन् । १ करोड अनुदान पाउनेमा निर्मल लामा स्मृति प्रतिष्ठान काठमाडौं, सुखानी शहीद पं्रतिष्ठान झापा, महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठान झापा र योगमाया स्मृति प्रतिष्ठान गौडेनी, कुलुङ भोजपुर छन् । यसरी राज्यले रकम बितरण गर्न थालेपछि हरेक नेताका नाममा प्रतिष्ठान खुल्ने क्रम बढेको छ ।

पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गएको माघमै पर्यटन मन्त्रालयबाट स्मृति प्रतिष्ठानलाई अनुदान बाँड्न दबाब दिए पनि तत्कालीन पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कामचलाउ सरकारको आदेशमा रकम बितरण नगर्ने अडान राखेका कारण रोकिएको थियो । देउवाले कांग्रेस नेताहरुको वीपी, गणेशमान, जीपी कोइराला, सुशील कोइरालाका नाममा १० करोडका दरले दिन दबाब दिएका थिए ।

कसले कति पाए ?

pratishthan money प्रतिस्थानलार्इ पैसा 1

pratishthan money प्रतिस्थानलार्इ पैसा 4

pratishthan money प्रतिस्थानलार्इ पैसा 3pratishthan money प्रतिस्थानलार्इ पैसा 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७