अब ६ स्थानबाट स्मार्ट लाइसेन्स नविकरण, यी ठाउँबाट पाइन् लाइसेन्स


१ जेष्ठ २०७५, मंगलवार
license new and old

काठमाडौं, १ जेठ । यातायात व्यवस्था विभागले देशका ६ स्थानबाट सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण गर्ने भएको छ । लाइसेन्स नवीकरण गर्न सेवाग्राहीले घण्टौं धाउनुपर्ने बाध्यता हटाउन विभागले ६ स्थानबाट चालक सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने भएको हो ।

license new and old
तस्विर : गुगल

सवारी चालक अनुमतिपत्र नवीकरण सहज बनाउने उद्देश्यका साथ यातायात व्यवस्था सेवा कार्यालय विराटनगरबाट सो लाइसेन्स नवीकरणको काम शुरू भइसकेको छ । विभागले स्मार्ट लाइसेन्सको सिस्टम जडान भएपछि बाँकी पाँच स्थानमा पनि नवीकरण गर्ने भएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले पहिलो पटक कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीबाट हुँदै आएको सवारी अनुमतिपत्र नवीकरणको काम विराटनगरस्थित सेवा कार्यालयबाट शुरू गरेको जानकारी दिएका छन् ।

विराटनगर सेवा कार्यालयले वार्षिक सवारी कर, सवारी धनी प्रमाणपत्र (ब्लुबुक) नवीकरण, बाटो इजाजत नवीकरण, सवारी साधन जाँचपास, अस्थायी रुट इजाजत (पटके) र सवारी साधन कर उठाउँदै आएको थियो । अब सवारी अनुमतिपत्र नवीकरणको काम पनि थपिएको विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७