उद्योग मन्त्रालयलाई ९ अर्ब ८१ करोडको ‘बजेट सिलिङ’


१ जेष्ठ २०७५, मंगलवार
udyog mantralaya

काठमाडौं, १ जेठ । सरकारले आर्थिक वर्ष २०६५–०७६ का लागि बजेट निर्माण गर्ने कार्यलाई अघि बढाएको छ । जस अन्तर्गत विभिन्न मन्त्रालयहरुले पनि सोही अनुसार कामहरु अघि बढाएका छन् ।

udyog mantralaya
फाइल फोटो

आर्थिक वर्ष २०७५–०७६ का लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ‘बजेट सिलिङ’ तोकिएको छ । अर्थ मन्त्रालयले उद्योगलाई ९ अर्ब ८१ करोड २९ लाख २१ हजार रुपैयाँ ‘बजेट सिलिङ’ तोकेको हो ।

सरकारले मुलुक संघीय संरचनामा गएपछि आइपरेका समस्या समयमा सुल्झाउन नसक्दा आर्थिक वर्ष २०७५–०७६ को बजेटको सिलिङ निर्माणमा ढिलाइ भएकोे अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । संसदमा बजेट पेश हुन अब १५ दिन समय बाँकी रहेको छ । जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यसै क्रममा अर्थ मन्त्रालयले बजेटको छलफललाई तीव्र बनाएको छ । सरकारी निकायहरुले बजेटको ‘सिलिङ’ बढ्ने बताइरहँदा अर्थशास्त्रीहरुले भने बजेट नबढाउन सुझाव दिइरहेका छन् । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटका लागि १२ खर्ब ४ अर्ब रुपैयाँको सिलिङ अर्थ मन्त्रालयलाई पठाइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७