मोदीको विज्ञापनमा मात्र मात्रै ४३ अर्ब ४३ करोड भारु


१ जेष्ठ २०७५, मंगलवार
narendra modi

काठमाडौं, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो राजनीतिक प्रभाव बढाउने काममा मात्र होइन प्रचारमा समेत उतिकै सक्रिय रहन्छन् ।

narendra modi
फाइल फोटो

प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीको सरकारले गएको ४६ महिनामा सबै खालको विज्ञापनहरूमा ४३ अर्ब ४३ करोड २६ लाख भारु खर्च गरेको पाइएको छ । यो खर्च विवरणको जानकारी आरटीआई कार्यकर्ता अनिल गलगलीलाई केन्द्र सरकारको ब्युरो अफ आउटरिच एन्ड कम्युनिकेसन विभागले दिएको जवाफमा उल्लेख छ ।

यसमा १ जुन २०१४ देखि ३१ मार्च २०१५ सम्म ४ अर्ब २४ करोड ८५ लाख भारु प्रिन्ट मिडियामा, ४ अर्ब ४८ करोड ९७ लाख भारु इलेक्ट्रोनिक मिडियामा र ७९ करोड ७२ लाख भारु आउटडोर प्रचारमा खर्च भएको उल्लेख गरिएको छ ।
त्यस्तै आर्थिक वर्ष २०१५–१६ मा ५ अर्ब १० करोड ६९ लाख भारु प्रिन्ट मिडियामा, ५ अर्ब ४१ करोड ९९ लाख भारु इलेक्ट्रोनिक मिडियामा र १ अर्ब १८ करोड ४३ लाख भारु आउटडोर प्रचारमा खर्च गरिएको छ । आर्थिक वर्ष २०१६–१७ मा ४ अर्ब ६३ करोड ३८ लाख भारु प्रिन्ट मिडियामा, ६ अर्ब १३ करोड ७८ लाख भारु इलेक्ट्रोनिक मिडियामा र १ अर्ब ८५ करोड ९९ लाख भारु आउटडोर प्रचारमा खर्च भयो ।Screen Shot 2018 05 14 at 7.08.43

१ अप्रिल २०१७ देखि ७ डिसेम्बर २०१७ को बीचमा मोदी सरकारले ३ अर्ब ३३ करोड २३ लाख भारु प्रिन्ट मिडियामा खर्च गर्‍यो । इलेक्ट्रोनिक मिडियामा १ अप्रिल २०१७ देखि ३१ मार्च २०१८ सम्म ४ अर्ब ७५ करोड १३ लाख भारु खर्च गरियो । आउटडोर प्रचारमा १ अप्रिल २०१७ देखि ३१ जनवरी २०१८ सम्म १ अर्ब ४७ करोड १० लाख भारु खर्च गरियो ।

अनिल गलगलीले प्रधानमन्त्री कार्यालयसँग सरकार गठन भएदेखि ३१ मार्च २०१८ सम्म विभिन्न विज्ञापनहरूमाथि भएको खर्चको जानकारी मागेका थिए । जवाफमा ब्युरो अफ आउटरिच एन्ड कम्युनिकेसन विभागका वित्त सल्लाहकार तपन सूत्रधरले १ जुन २०१४ देखि ३१ जनवरी २०१८ बीच सरकारद्वारा विभिन्न सञ्चार माध्यमहरूमा गरेको विज्ञापनहरूको जानकारी गराएका हुन् । मोदी सरकारले यो रकम प्रिन्ट र इलेक्ट्रोनिक मिडियाको अतिरिक्त आउटडोर प्रचारमा खर्च गरेको छ ।

विपक्षी दल र समाजिक सञ्जालका प्रयोकर्ताहरूले सरकारले विज्ञापनमा गरेको ठूलो मात्राको खर्चको आलोचना गरेपछि मोदी सरकारले आर्थिक वर्ष २०१७–१८ को विज्ञापन खर्चमा केही कटौती गरेको छ । आर्थिक वर्ष २०१६–१७ मा विज्ञापनमा कूल १२ अर्ब ६३ करोड १५ भारु खर्च गरेको मोदी सरकारले आर्थिक वर्ष २०१७–१८ मा ९ अर्ब ५५ करोड ४६ अर्ब भारु खर्च गर्‍यो । अर्थात उसले विज्ञापनमा गरेको खर्चमा २५ प्रतिशत कटौती गरेर लगभग ३ अर्ब ८ करोड भारु कम खर्च गरेको उल्लेख गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७