अजय देवगन चढेको हेलिकोप्टर क्र्यास ! के हो यथार्थ ?


१ जेष्ठ २०७५, मंगलवार
08 Ajay Devgn

काठमाडौं, १ जेठ । सामाजिक सञ्जालहरुमा केहि दिनयता बलिउड अभिनेता अजय देवगन चढेको हेलिकप्टर दुर्घटनाग्रस्त बनेको समाचार भाइरल बनिरहेको छ । तर, यो समाचार झुटो भएको जानकारी बताउँदै अजय देवगन सुरक्षित रहेको जनाइएको छ ।

08 Ajay Devgn
तस्विर : गुगल

महाबलेश्वको लोकल प्रहरीले अभिनेता अजय देवगनसँग जोडिएको समाचार झुटो रहेको खुलासा जनाएका छन् । महाबलेश्वको लोकल प्रहरीले अजय देवगनसँग जोडिएको सो समाचारको खण्डन गर्दै उनले भनेका छन्, ‘अभिनेतालाई लिएर जुन म्यासेज ह्वाटस् एपमा भाइरल बनिरहेको छ, यो गलत हो । अहिले यस समाचारको बारेमा जाँच गर्न हामी प्रहरी जुटेका छौं । खासमा यो म्यासेज कहाँबाट शुरु भएको छ ।’

त्यस्तै महाबलेश्वर थानाको एक सिनियर अधिकारीले भने, ‘यदि अजय देवगनको हेलिकप्टर दुर्घटना भएको भए हामीलाई पहिले जानकारी हुनुपर्ने । तर, अब यस घटनाको छानबिन भएपछि मात्र सत्य कुरा थाहा हुन्छ ।’ सेलिब्रेटिहरुको झुटो समाचार बलिउडमा मात्र नभएर कलिउडमा पनि विभिन्न तवरले भाईरल बनिरहेको हुन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७