नेपाल आइडलका सागर आले र आशिषले अमेरिका गुञ्जाउने, यसरी बोलाए फ्यानले


१ जेष्ठ २०७५, मंगलवार
lahure

काठमाडौं, १ जेठ । ‘नेपाल आइडल’ का सागर आले र चर्चित र्‍यापर आशिष राना (लाहुरे) ले अमेरिका गुञ्जाउने भएका छन् । उनीहरु आउँदो अगस्ट र सेप्टेम्बर महिनामा कन्सर्टका लागि अमेरिका जाने भएका छन् । उनीहरु पहिलो पटकसँगै प्रस्तुती दिन लागेका हुन् ।lahure

अमेरिकामा रहँदा लाहुरे र सागरले न्यूयोर्क, बोस्टोन, बाल्टिमोर, डल्लास, लस एन्जलस लगायत दश वटा शहरमा आफ्नो प्रस्तुती दिने जनाइएको छ । काठमाडौँ इन्टरटेन्मेन्टका संस्थापक राकेश गुरुङका अनुसार अमेरिकामा हुन लागेको यो कन्सर्ट वर्षकै भव्य र ठूलो नेपाली कन्सर्ट हुनेछ । लाहुरे र सागर आलेका फ्यानहरुको उच्च माग अनुसार नै यो कन्सर्ट आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७