टुक्रा–टुक्रा अवस्थामा भेटियो दुर्घटनाग्रस्त मकालु एयर, चालक दलका दुबैको मृत्यु


२ जेष्ठ २०७५, बुधबार
DdTAVPgWkAANgn1

काठमाडौं, २ जेठ । दुर्घटनामा परेको भनिएको मकालु एयरको विमान हुम्लामा टुक्रा–टुक्राको अवस्थामा भेटिएको छ । विहान पहाडमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

DdTAVPgWkAANgn1
हुम्लामा दुर्घटनाग्रस्त बनेको विमानको अवशेष । तस्विर सौजन्य : नृप हमाल

विमानका रहेका चालक दलका दुबै सदस्यको मृत्यु भएको छ । विमान हुम्लामा दुर्घटना हुँदा पाइलट र को–पाइलट दुवैको मृत्यु भएको हो । दुर्घटनामा विमान पाइलट किरण भट्टराई र को–पाइलटको ज्यान गएको छ ।

जहाज बिहान ६ जेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो । बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट सामान लिएर उडेको ‘कार्गो’ जहाज हुम्लाको खार्कोनाथ गाउँपालिकाको बाहुनखर्कमा विमान फेला पारेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७