मकालु एयर दुर्घटना : मालिककै छोराको गयो ज्यान


२ जेष्ठ २०७५, बुधबार
surkhet1

काठमाडौं, २ जेठ । बुधबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिकामा मकालु एयरको विमान दुर्घटनामा ज्यान गुमाउने पाइलट आदित्य नेपाली मकालु एयरका मालिक फिजुनाथ नेपालीको छोरा भएको खुलेको छ ।

surkhet1
विमान दुर्घटनामा ज्यान गुमाएका दुई चालकको शव सुर्खेत विमानस्थलमा ल्याइएको छ । तस्विर : सामाजिक सञ्जाल

दुर्घटनामा क्याप्टेन किरण भट्टराई र नेपालीको मृत्यु भएको थियो । आदित्य फिजुका एक मात्र छोरा हुन् । दुर्घटनाअघि पाइलट नेपालीले विमान बादलमा हराएको जानकारी गराएका थिए । सिंगल इन्जिनको उक्त विमान विमानस्थलबाट ७.७ नटिकल माइल दक्षिण–पूर्व पर्छ । बिहान ६ः१२ बजे उडेको विमानको नेपालगञ्ज टावरसँग ६ः२७ बजे अन्तिम सम्पर्क भएको नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजकुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दुवै चालकको शव सुर्खेत ल्याइयो

हुम्लाको खार्पुनाथमा मकालु एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएका चालकदलका दुई जना सदस्यको शव सुर्खेत ल्याई पुयाइएको छ । दुर्घटनामा ज्यान गुमाएका चालक ललितपुरका किरण भट्टराई र सहचालक काठमाडौका आदित्य नेपालीको शव सुर्खेत हुँदै काठमाडौ लैजान लागिएको हो । दुवै जनाको शव हेलिकोप्टरबाट सुर्खेत ल्याइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७